मुख्य समाचार
विशेष महाधिवेशन अवैध भएको बताउँदै त्यसलाई आफूहरूले नमानेको बताए
विशेष महाधिवेशन अवैध भएको बताउँदै त्यसलाई आफूहरूले नमानेको बताए

। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशन अवैध भएको बताउँदै त्यसलाई आफूहरूले नमानेको बताएका छन् । बुधबार पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै निधिले आफूहरू वैध कांग्रेस भएकैले निर्वाचन आयोगको निर्णय नमानेर अदालत पुगेको बताएका हुन् ।

उनले ‘कार्यवाहक सभापति’ नै भनेर खड्काको अध्यक्षतामा हिजो र आज दुई दिन ‘केन्द्रीय समिति’ बैठक बसेको पनि दाबी गरे ।

‘२२ गते सर्वोच्च अदालतमा पेसी छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दियो, त्यो अवैध हो, गैरकानुनी हो र राजनीतिक रूपमा उपयुक्त होइन भनेर हामी सर्वोच्च अदालतमा मुद्दा दिएका छौँ,’ निधिले भने, ‘विशेष महाधिवेशनलाई हामीले मानेका छैनौँ, हामी सहभागी पनि भएनौँ ।’

बैठकमा ‘मुद्दाको सम्पूर्ण तयारीका लागि पनि अगाडि बढ्नुपर्छ भनेर छलफल गरेका’ उनले बताए । ‘कानुनी सल्लाहकार, अधिवक्ता बहस गर्न तयार हुनुहुन्छ, हामी त्यसका लागि पनि छलफल गरेका छौं,’ उनले भने ।




यस्तै आफूहरू जहाँ उभिएको छ, त्यही वैध कांग्रेस रहेको पनि निधिले दाबी गरे ।

‘हामी नै असली कांग्रेस हौं, हामी जहाँ छौं, त्यही असली कांग्रेस हो । हामी जहाँ छौं, त्यही वैध कांग्रेस हो । यही निष्कर्ष निकालेका छौं,’ निधिले भने ।

यस्तै बैठकमा निर्वाचनबारे पनि छलफल भएको उनले बताए । उनले अगाडि भने, ‘जुन परिस्थितिमा निर्वाचन भयो, परिणाम अकल्पनीय आयो । निर्वाचन पनि आकस्मिक भयो, २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ भयो । संविधानको रक्षाका लागि निर्वाचनमा भाग लिएको उनले बताए । त्यसको बारेमा पनि समीक्षा गरेको उनले बताए ।

देशको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनले बताए । ‘यसमा नेपाली कांग्रेसले पहिलेभन्दा पनि सशक्त रूपमा लोकतान्त्रिक प्रणालीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘त्यसका लागि वृहत एकताको जरुरत छ । त्यसैलाई हामीले मिसन बनाएर जान्छौं । देशभरका साथीसँग संवादमा रहन्छौं ।’

पार्टी एकताका लागि विशेष महाधिवेशन पक्षधर पनि तयार रहनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ । महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको ...
। राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था ...
। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
। प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा ...
। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।