मुख्य समाचार
वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

। काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।




उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो ।




यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,’ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले भनिन् ।

उनले थपिन, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशारी र महिलाहरुले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौं ।’

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला छ । कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था ...
। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।
। प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा ...
। प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।
। नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाए । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई बधाई दिँदै सरकारको काम गुण र ...