मुख्य समाचार
काठमाडौंका टिकट काउन्टरमा बसेर सर्वसाधारण यात्रुलाई हैरान पार्ने ४८ जना काउन्टर कर्मचारी एकैदिन पक्राउ
काठमाडौंका टिकट काउन्टरमा बसेर सर्वसाधारण यात्रुलाई हैरान पार्ने ४८ जना काउन्टर कर्मचारी एकैदिन पक्राउ

। काठमाडौंका टिकट काउन्टरमा बसेर सर्वसाधारण यात्रुलाई हैरान पार्ने ४८ जना काउन्टर कर्मचारी एकैदिन पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परीसर काठमाडौंले बुधबार एक अपरेसन चलाउँदै काठमाडौंका बल्खु, कलंकी र गोंगबु बसपार्कबाट ती ४८ जनालाई पक्राउ गरेको जनाएको छ ।

टिकट काउन्टरका कर्मचारीले उपत्यका बाहिर जाने यात्रुहरूलाई आफूहरूले भनेकै सवारी साधनमा यात्रा गर्नुपर्छ भनी जबरजस्ती तान्ने, हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको सूचना प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।

सोही सूचनाका आधारमा दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा बल्खुबाट १९ जना, कलंकीबाट २४ जना र नयाँ बसपार्कबाट ५ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?,’ उनले भने, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि सांकेतिक टिप्पणी गर्दै सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् । ‘हामी विभेदको अन्त्य गर्छौँ भनिरहेका छौं । यहीँभित्र संसद्मा विभेद छ,’ साम्पाङले भने, ‘सत्तापक्षले ३० मिनेट, ४० ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् । बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ...
। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने बताएका हुन् । ‘सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गरियोस्,’ उनले भने, ‘ जनताको घर टहरा भत्काउनु हुँदैन । सरकारले विस्थापन होइन व्यवस्थापनको ...
। रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ...