मुख्य समाचार
नेपालले फिफा सिरिज–२०२६ नखेल्ने भएको छ
नेपालले फिफा सिरिज–२०२६ नखेल्ने भएको छ

। नेपालले फिफा सिरिज–२०२६ नखेल्ने भएको छ । फिफा तालिकाअनुसार अप्रिल १२ र १५ मा नेपाली महिला टोलीले थाइल्यान्डमा ४ देशीय सिरिज खेल्ने तालिका थियो ।

तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेपछि नाम फिर्ता लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘राखेपले ३ महिनाका लागि निलम्बन गरेपछि फिर्ता लिनुबाहेकको अरू उपाय नै छैन,’ उनले अनलाइनखबरसँग भने ।

सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट निलम्बनमा परेपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको थिएन ।

सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्ने तय थियो । तर, नेपालले सहभागिता नजनाउने भएपछि अर्काे देशले अवसर पाउनेछ ।

एन्फा र राखेपको विवाद कारण यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोलीमा पूर्ण समर्थन रहेको सन्देश दिएकी छन् । इन्जुरीका कारण मैदानबाहिर रहेकी साम्बाले साफका लागि उत्साहित रहेको बताएकी हुन् । ‘इन्जुरीका कारण साफमा यसपटक म मैदानमा हुने छैन । मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई हुनेछ’ उनले भनेकी छन् । आठौं संस्करणको ...
: सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो। घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी ...
। इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए । ४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए । जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक ...
। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन । ६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेनन् । इजिप्टियन फरवार्ड मोहमद सालाहको यो लिभरपुलका लागि ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे । खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि ...