मुख्य समाचार
युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने
युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने

। रुससँगको जारी युद्ध र प्राकृतिक प्रकोपका कारण क्षतविक्षत भएको युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

युक्रेनी उप-प्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्भिरिडेन्कोले आफ्नो टेलिग्राम च्यानलमार्फत क्यानडाको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै उक्त रकम ‘युक्रेन इनर्जी सपोर्ट फन्ड’ मा जम्मा गरिने जानकारी दिएकी छन्।

युक्रेनमा सन् २०२५ को अन्त्यदेखि नै ऊर्जा आपूर्तिमा गम्भीर समस्या देखिँदै आएको छ। अत्यधिक चिसो र युद्धका कारण ऊर्जा पूर्वाधारमा पुगेको ठूलो क्षतिका कारण देशको ऊर्जा क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ। हाल धेरै क्षेत्रहरूमा दैनिक रूपमा कैयौँ घण्टा विद्युत कटौती भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...