मुख्य समाचार
एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति
एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति

। एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने विधिमाथि आपत्ति जनाएका छन् । उनले यो शैलीका कारण पार्टीपंक्तिलाई झन् चिन्तित बनाएको उल्लेख गरेका छन् ।

बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका थिए । संसदीय दलको नेतामा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत नपाउने गरी नेताहरूले आन्तरिक चलखेल गरेपछि थापा निर्विरोध भएका थिए । त्यही घटनालाई इंगित गर्दै भट्टराईले यो प्रक्रियामा आपत्ति जनाएका हुन् ।


‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नुभएको र समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ’ भट्टराईले भनेका छन्, ’केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरू बीचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलका लागि दलहरूसँग नाम मागेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी नेपाल र राष्ट्रिय जनमोर्चासँग प्रतिनिधि मागेको हो । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बहसपत्र तयार कार्यदल ...
। नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि दोष लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन्। ‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका ...
। राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् । उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि ...
। नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् । ‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम ...
। रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ ...