। नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकबाट उनी राष्ट्रिय सभा संसदीय दलको नेता चयन भएका हुन् ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा उनलाई चयन गरिएको हो ।
उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् ।