मुख्य समाचार
कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगतका ३५ वर्षमा मुलकुमा केही पनि भएन भन्ने निराशा सत्य नभएको
कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगतका ३५ वर्षमा मुलकुमा केही पनि भएन भन्ने निराशा सत्य नभएको

। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगतका ३५ वर्षमा मुलकुमा केही पनि भएन भन्ने निराशा सत्य नभएको बताएका छन् ।

नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उनले विगतका ३५ वर्षहरू उदाहरणसहित स्मरण गराउँदै उनले यस्तो बताएका हुन् ।

‘केही पनि भएन भन्ने निराशा सत्यको जगमा उभिएको छैन,’ आङ्देम्बेले भने, ‘हामीले भएको कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी धेरै कामहरू पूरा गर्ने संकल्प गर्नुछ ।’

उनले संसदले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि जानुपर्नेमा जोड दिए । आङ्देम्बेले जनेजी आन्दोलनका क्रममा संसद् भवन जलाइएको घटना सम्झिँदै आगामी दिनमा देश खरानी बनाउन कोही अघि नसर्ने गरी काम गर्नुपर्ने बताए ।


‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं, यो हाम्रो संसद् भवन होइन । हाम्रो संसद् भवन भदौ २४ गते खरानी भयो,’ उनले भने, ‘यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् ।’

आङ्देम्बेले २३ र २४ भदौका दुबै घटनालाई केलाउन जरूरी रहेको पनि जिकिर गरे । ‘किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ?,’ प्रश्न गर्दै उनले भने, ‘म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।’

कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने र कसैले २४ को ध्वंस देख्ने २३ को दमन नदेख्ने दुवै प्रवृत्ति गलत भएको आङ्देम्बेको भनाइ थियो ।

‘हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान ग¥यो, कारबाहहीको सिफारिस गर्‍यो,’ उनले भने, ‘तर, २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरीका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न ।’

आङ्देम्बेले प्रधनमन्त्री वालेन शाहलाई जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह पनि गरे । उनले कांग्रेस दोषी कोही उम्किन नहुने र निर्दोष कोही फस्नु नहुने मान्यता बिगतदेखि नै बोक्दै आएको पनि स्मरढा गराए ।

‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोर्खापत्रमा पढ्ने ? म आग्रह गर्न चाहन्छु– सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस्,’ उनले भने, ‘कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलका लागि दलहरूसँग नाम मागेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी नेपाल र राष्ट्रिय जनमोर्चासँग प्रतिनिधि मागेको हो । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बहसपत्र तयार कार्यदल ...
। नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि दोष लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन्। ‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका ...
। राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ । बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोकेका हुन् । उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए । उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि ...
। नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् । ‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम ...
। रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ ...