। नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।
‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम निर्वाचतनमार्फत निलोक्रान्ति सम्पन्न गरियो,’ उनले भने, ‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त गरियो । नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु ।’