मुख्य समाचार
सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित
सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित

: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित गरेको छ।


जारी आइपीएलमा सनराईज हैदराबादको यो पहिलो जित हो भने कोलकाता नाइट राइडर्सले लगातार दोस्रो हार बेहोरेको हो।कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो।

सनराइजर्स हैदराबादले दिएको २२७ रनको विजय लक्ष्य पछाएको कोलकाता नाइट राइडर्स १६ ओभरमा १६१ रन बनाउँदै अल आउट भयो।



कोलकाता नाइट राइडर्सको लागि अंगकृश रघुवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। कप्तान अजिन्क्य रहाणे ८ रनमा पेभेलियन फर्किदा अर्का ओपनर फिन एलेनले २८ रन बनाए। रिंकु सिंहले ३५, रमनदिप सिंहले १० र सुनिल नरेनले १२ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोलकातालाई सस्तैमा रोक्न हैदराबादका बलर जयदेव उनादकटले ३ विकेट लिए। इशान मलिंगा र नितेश कुमार रेड्डीले समान २-२ विकेट लिँदा हर्ष दुबेले १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको सनराइजर्स हैदराबादका लागि हेनरिच क्लासेनले ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनद्वय ट्राभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। हेडले २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रन बनाए । अर्का ओपनर अभिषेक शर्माले २१ बलमा समान ४ चौका र ४ छक्का सहित ४८ रनको पारी खेलेका थिए। कप्तान इशान किशन १४ र नितेश कुमार रेड्डीले ३९ रन बनाएका थिए।

कोलकाता नाइट राइडर्सको लागि बलिङतर्फ ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए। वैभव अरोराले २ विकेट लिँदा कार्तिक त्यागी र अनुकूल रोयले १-१ विकेट लिए।

शुक्रबार आइपीएलमा एक खेल रहेको छ। जसमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्सले नेपाली समय अनुसार ७:४५ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम