: रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन आग्रह गरेका छन्। आज संसद बैठकमा सम्बोधन गर्दै उनले संविधान र कानुनका आधारमा नेता र पार्टी सिफारिसमा नियुक्ति खाएकालाई स्वैच्छिकरुपमा राजीनामा दिन आग्रह गरेका हुन्।
विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त गर्न अनुरोध गरे।
उनले प्रतिरोधको थलो संसद नहुने जानकारी गराए। आस्थाका आधारमा फरक व्यहोरा नहुने उल्लेख गरे। उनले भने, 'न्यायको वेग रोकिने छैन।'
उनले प्रतिपक्षलाई साथमा लिएर परराष्ट्र नीति बनाउने धारणा राखे।