मुख्य समाचार
रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्
रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् ।

लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे बमोजिम आदेश जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्नका लागि वारेस पाएका हुन् ।

‘उहाँले वारेसका लागि अनुमति पाउँ भन्नुभएको थियो । आज अनुमति भएको छ,’ उनले भने ।

योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । जेनजी आन्दोलनमा दमन गरेको ...
। पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि सञ्चालनमा आएको छ । कमला–कञ्चनपुर सडक विस्तारमा भएको ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । आन्दोलनकारी र निर्माण पक्षबीच सहमति जुटेपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानदेखि नै स्थानीयले राजमार्ग अवरुद्ध पार्दा सयौँ सवारीसाधन रोकिएका थिए भने यात्रुहरू घण्टौँसम्म अलपत्र ...
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ । बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का ...
। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ...
। प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विवादित अभिव्यक्ति दिएपछि एमालेमा तरंग आएको छ । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए । उनले जनताको अभिमतबाट निर्वाचित भएर आएको सभाको समेत अवमूल्यन गरी सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको ...