मुख्य समाचार
लगानी बोर्ड नेपालले ‘लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क’ स्थापना
लगानी बोर्ड नेपालले ‘लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क’ स्थापना

। लगानी बोर्ड नेपालले ‘लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क’ स्थापना गरेको छ ।

एकल बिन्दु सेवा केन्द्र सञ्चालन सम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो । लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डले डिजिटल रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र त्यसको प्रारम्भिक चरण अन्तर्गत लगानीकर्तालाई थप सहज वातवारण मिलाउन डेस्क स्थापना गरेको जानकारी दिए ।

उनका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानी सम्बन्धी जानकारी लिन, समस्या राख्न र गुनासो गर्न सक्नेछन् ।

बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा गुनासो सुनुवाइ डेस्क स्थापनापछि एकल बिन्दु सेवा प्रवाहका लागि मन्त्रिपरिषद्मा निर्णय प्रस्ताव पेस गर्ने, एकल बिन्दु सेवा केन्द्र स्थापना तयारी गर्ने, सरकारी निकाय तथा विभागसँगको समन्वय गर्ने, एकल बिन्दु सेवाको अनलाइन पोर्टल सञ्चालन गर्ने कार्यतालिका बनाएको छ ।

त्यसैगरी बोर्डले एकल बिन्दु सेवासम्बन्धी कार्यविधिको मस्यौदा स्वीकृतका लागि पेस गर्ने, बजेट व्यवस्था सुनिश्चित गर्ने लगायत कार्यतालिका बनाएको छ ।

१३ चैतको मन्त्रिपरिषद् बैठकले स्वदेशी तथा विदेशी लगानीकर्तालाई एकीकृत रूपमा सहजता साथ निर्धारित समयावधि भित्रै तोकिए बमोजिम सेवा उपलब्ध गराउन लगानी बोर्ड अन्तर्गत एकद्वार प्रणाली स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि सञ्चालनमा आएको छ । कमला–कञ्चनपुर सडक विस्तारमा भएको ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । आन्दोलनकारी र निर्माण पक्षबीच सहमति जुटेपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानदेखि नै स्थानीयले राजमार्ग अवरुद्ध पार्दा सयौँ सवारीसाधन रोकिएका थिए भने यात्रुहरू घण्टौँसम्म अलपत्र ...
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ । बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का ...
। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ...
। प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विवादित अभिव्यक्ति दिएपछि एमालेमा तरंग आएको छ । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए । उनले जनताको अभिमतबाट निर्वाचित भएर आएको सभाको समेत अवमूल्यन गरी सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको ...
। रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका ...