। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँमा एक्साभेटर दुर्घटना भएको छ । सडक निर्माण गरिरहेको रा १ क १०८३ नम्बरको एक्साभेटर भिरतर्फको माटो भासिँदा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार शुक्रबार दिउँसो करिब १ : ५५ बजे चारगाउँको गरालीदेखि चुमा जोड्ने सडक खन्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । एस्काभेटर चालक जाजरकोटको नलगाड नगरपालिका–६ का २६ वर्षीय शशी बिक सकुसल छन् । प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।
दुर्घटनामा एस्काभेटर पश्चिम रुकुम कन्स्ट्रक्सन प्रालिको रहेको खुलेको छ ।