मुख्य समाचार
शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दाबी
शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दाबी

। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दाबी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो आन्दोलन ‘अर्गानिक’ नभएको प्रशस्त कारण रहेको बताएका हुन् ।

‘अहिलेको राजनीतिमा रास्वपाको जुन उदय भएको छ, त्यो केही कारणवश छ । हामीहरूको कमीकमजोरीले पनि होला, होइन भन्दिनँ । हाम्रा कमजोरी पनि थिए’, नेता कोइरालाले भने, ‘तर, विश्वको राजनीतिक परिस्थितिलाई पनि केलाउनु पर्ने आवश्यकता छ ।’

जेनजी आन्दोलनबारे पनि उनले प्रश्न उठाए । ‘हाम्रै साथीहरू भन्नुहुन्छ– यो अर्गानिक आन्दोलन थियो भनेर । आन्दोलन त हुँदै होइन त्यो, विद्रोह थियो । विद्रोह पनि हो कि होइन ? तर म यसलाई स्वीकार्ने पक्षमा छैन,’ उनले भने ।

उनले थप अगाडि दाबी गर्दै भने, ‘यो इन–अर्गानिकै हो भन्ने कुराका प्रशस्त इभिडेन्सहरू छन् ।’

तर, कांग्रेस र एमालेबाट गल्ती–कमजोरी नभएको पनि आफू नभन्ने उनले बताए । ‘धेरै ठूला गल्ती भएका छन्,’ उनले भने ।

सोही प्रकारकै शंका व्यक्त गर्दै नेता कोइरालाले कांग्रेस र एमालेभित्र ‘अर्कै प्रकार’को विवाद रहेको पनि उनले औंल्याए । ‘अहिले अरूका कुरा हेर्नुपर्ने हाम्रा साथीहरू आफ्नै पार्टीका नेताविरुद्ध लागिरहेका छन् । त्यो कांग्रेसभित्र पनि छ, एमालेभित्र पनि देखिन्छ,’ नेता कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले सम्हाल्ने भएका छन् । साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको कपि सार्वजनिक गरेका छन् । जसमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ । बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै साम्पाङले जनताका माग ...
। धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ । यस्तो आग्रह रास्वपाले प्रतिनिधिसभाको रोष्ट्रमबाटै गरेको हो । बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो आग्रह गरेका हुन् । ‘यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो,’ उनले ...
। कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् । ‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए । अभियानका संयोजक यादव जोशीले सडक निर्माण गर्न ...
। गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । जेनजी आन्दोलनमा दमन गरेको ...