मुख्य समाचार
डा. गोविन्द केसीले एमबीबीएस भर्नासम्बन्धी निर्णयलाई लिएर सरकारलाई कानुनको दायरामा रहन आग्रह
डा. गोविन्द केसीले एमबीबीएस भर्नासम्बन्धी निर्णयलाई लिएर सरकारलाई कानुनको दायरामा रहन आग्रह

। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस भर्नासम्बन्धी निर्णयलाई लिएर सरकारलाई कानुनको दायरामा रहन आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २४ औं बैठकले एमबीबीएस भर्नासम्बन्धी निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै केसीले उक्त निर्णयले चिकित्सा शिक्षामा स्थापित विधि र प्रणालीमाथि प्रश्न उठाएको बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै एमबीबीएससहित सबै विषयमा भर्ना योग्यता क्रमसूचीका आधारमा मात्र हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै यस वर्षका लागि विद्यार्थी भर्ना भई पठनपाठनसमेत सुरु भइसकेको अवस्थामा नियम विपरीत निर्णय गर्नु विधिको शासनको सिद्धान्तविपरीत हुने बताए ।

विधिको शासनका लागि संघर्ष गरिरहेका नवयुवा पुस्ताको भावनालाई सम्मान गर्दै कानुन नतोड्न र नतोड्न लगाउन प्रधानमन्त्रीलाई केसीलाई आग्रह गरेका छन् ।
‘कसैको व्यक्तिगत आकांक्षा पूरा गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि कानुनी तथा वैकल्पिक बाटो खोज्न सकिन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ ऐनको मर्म र मान्यताअनुसार कसैले पनि बाहिर गएर काम गर्न पाइँदैन ।’

१ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा घाइते भएकी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस पढाउने प्रस्ताव राखेको थियो । उक्त निर्णय कार्यावन्यन गर्नका लागि बुधबार आयोगको बैठक डाकिएको थियो । जुन प्रस्ताव नै कानुनविपरीत हो । एमबीबीएस अध्ययनका लागि सिट निर्धारण, प्रवेश परीक्षा, नतिजा प्रकाशन र योग्यताक्रमका आधारमा विद्यार्थी छनोट हुने व्यवस्था छ ।

यस वर्षका लागि यी सबै प्रक्रिया पूरा भइसकेर विद्यार्थी छनोटसमेत भइसकेका छन् ।

ऐन रहेर काम अडिग नहर्ने हो भने चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई सक्षम व्यक्तिहरूका लागि मार्ग प्रशस्त गरिदिन डा. केसीले चेतावनी दिएका छन् ।
विगतमा विभिन्न सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न तथा चिकित्सा शिक्षा ऐन र नियमावली विपरीत भएको आयोगको निर्णय फिर्ता लिन डा. केसीले सरकारलाई पुनः आग्रह गरेका छन् ।

केसी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका लागि आफूहरू लामो समयदेखि संघर्षरत रहेको उल्लेख गर्दै मागहरू सम्बोधन नभए सत्याग्रहसहितको आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् । सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए । जनताले विश्वास गरेर मत दिएकाले ...
। नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने । रास्वपा उपसभापति डीपी अर्यालले ...
। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ...
। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आज २० चैतकाे परीक्षामा हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी राेडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेकाे अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले ...
। सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् । चौधरी स्कुलका सञ्चालन हुन् भने मण्डल पालेका रूपमा कार्यरत ...