मुख्य समाचार
चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ
चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ

। चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । सेना दिवसको अवसर पारेर बिहीबार साँझ विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा जनमुक्ति सेना सैन्य विज्ञान प्रतिष्ठानअन्तर्गत युद्ध अध्ययन संस्थानका उप–डिन मेजर जनरल नी सोंगलाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा कार्यवाहक राजदूत श्रीमती रोशन खनालले नेपाली सेनाले राष्ट्रिय सार्वभौमिकताको रक्षा मात्र नभई पूर्वाधार विकास, विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्य र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन् ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपाली सेनाको सक्रिय भूमिकाका कारण विश्वस्तरमा शान्ति र सुरक्षाको प्रवर्द्धकका रूपमा नेपालले पहिचान बनाएको उल्लेख गरिन् । यस्तै नेपाल–चीनबीचको सैन्य सहकार्य मित्रता, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित रहेकोमा उनले जोड दिइन् ।

सैनिक सहचारी कर्णेल जयन्द्र केसीले नेपाली सेना दिवसले देशको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डताको रक्षा गर्न पुस्तौँदेखि समर्पित सैनिकहरूको साहस, बलिदान र प्रतिबद्धताको सम्मान गर्ने अवसर प्रदान गर्ने बताए ।

उनले नेपाल विश्वमा दोस्रो ठूलो सैनिक योगदान गर्ने राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय शान्ति स्थापना र बहुपक्षीयतामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । साथै, संयुक्त अभ्यास, तालिम, क्षमता अभिवृद्धि तथा विपद् उद्धारजस्ता क्षेत्रमा नेपाल–चीन सैन्य सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए, जसमा चिनियाँ जनमुक्ति सेना, विभिन्न देशका रक्षा सहचारी, निजी क्षेत्रका प्रतिनिधि तथा बेइजिङस्थित नेपाली समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम