मुख्य समाचार
बीपी राजमार्गमा भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते
बीपी राजमार्गमा भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते

। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

माइक्रो बस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

त्यस्तै, काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई पनि टाउकोमा चोट लागेपछि उपचारका लागि धुलिखेल पठाइएको छ ।

ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ । उनीहरूमा अधिकांशलाई सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

प्रहरीका अनुसार झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ ...
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र ...