मुख्य समाचार
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।

यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी र कट्टर समर्थक मानिन्थिन् । ट्रम्प प्रशासनबाट पदमुक्त गरिएकी उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्चमा गृह सुरक्षा प्रमुख क्रिस्टी नोमलाई पदमुक्त गरिएको थियो ।

पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्न पाउनु ‘जीवनकै ठूलो सम्मान’ भएको भन्दै अब आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने बताएकी छन् । साथै, निजी क्षेत्रमा पनि ट्रम्प प्रशासनका पक्षमा काम जारी राख्ने उनको भनाइ छ ।

रक्षामन्त्रीले मागे आर्मी चिफको राजीनामा

यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्‍यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् ।

पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको ४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएका छन् ।



बीबीसीमा प्रकाशित समाचारमा जर्जसँग राजीनामा मागिनुको कारणबारे नखुलेको उल्लेख छ ।

समाचारमै रक्षा विभागका नाम नखुलाइएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘हामी जजर्नको सेवाका लागि आभारी छौं । तर, अब सेनामा नेतृत्व परिवर्तनको समय आइसकेको छ ।’

जर्जको राजीनामा पछि अब आर्मी भाइस चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला–नेभ कार्यवाहक आर्मी चिफ अफ स्टाफ बन्ने अमेरिकी मिडियाले जनाएका समाचारमा उल्लेख छ ।

अमेरिकी आर्मी चिफको कार्यकाल चार वर्षको हुन्छ । जर्जले वेस्ट प्वाइन्ट मिलिट्री एकाडेमीमा अध्ययन गरेका थिए । उनलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले आर्मी चिफ अफ स्टाफमा नियुक्त गरेका थिए ।

जर्जले यसअघि खाडी युद्ध र पछि इराक तथा अफगानिस्तानसँगको संघर्षमा समेत सेवा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...