मुख्य समाचार
विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका प्रमुखको राजीनामा
विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका प्रमुखको राजीनामा

। इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् ।

चार पटकको विश्वकप विजेता इटाली निर्णायक खेलअन्तर्गत प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि छनोट हुन असफल भएको थियो ।

यसअघि इटालीले सन् २०१८ को रसिया र २०२२ को कतार विश्वकप पनि गुमाएको थियो । इतिहासमा पहिलो पटक कुनै पनि पूर्व विश्वकप विजेता टोली लगातार तीन पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

यसैबीच राष्ट्रिय टोलीसँग नजिकबाट काम गरिरहेका पूर्व गोलकिपर जियानलुइजी बुफोनले पनि प्रतिनिधि प्रमुख पदबाट राजीनामा दिएका छन् । सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य बुफोनले मुख्य लक्ष्य इटालीलाई पुनः विश्वकपमा फर्काउनु भए पनि त्यो पूरा गर्न नसकेको भन्दै नैतिक जिम्मेवारीका आधारमा पद छाडेको बताएका छन् ।

७२ वर्षीय ग्राभिनाले सन् २०१८ अक्टोबरमा अध्यक्ष पद सम्हालेका थिए। उनको कार्यकालमा इटालीले युरो २०२० को उपाधि जितेको थियो, जहाँ फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा पराजित गरेको थियो ।

तर पछिल्ला असफलतापछि उनीमाथि चर्को आलोचना भइरहेको थियो । उनले प्रशिक्षकका रूपमा लुचियानो स्पालेट्टी र हालका प्रशिक्षक जेन्नारो गाट्टुसोलाई नियुक्त गरेका थिए । राजीनामाअघि उनले गाट्टुसोलाई पदमै रहन आग्रह गरेका थिए ।

फुटबल महासंघले नयाँ अध्यक्ष चयनका लागि जुन २२ मा निर्वाचन गर्ने जनाएको छ । नयाँ नेतृत्वका लागि इटालियन ओलम्पिक कमिटीका पूर्व प्रमुख जियोभान्नी मालागो प्रमुख दाबेदार मानिएका छन् ।

यससँगै अर्को चिन्ताको विषयका रूपमा सन् २०३२ को युरोपियन च्याम्पियनसिप पनि देखिएको छ । इटालीले टर्कीसँग संयुक्त रूपमा आयोजना गर्ने योजना भए पनि आवश्यक पूर्वाधार अभावका कारण जोखिममा परेको छ । युईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले आवश्यक सुधार नगरे प्रतियोगिता इटालीमा नहुन सक्ने चेतावनी दिएका छन्।

इटालीले अक्टोबरभित्र पाँचवटा स्टेडियमको नाम युएफालाई बुझाउनुपर्नेछ। तर पुराना स्टेडियम, निर्माण ढिलाइ र सरकारी विवादका कारण धेरै क्लबहरूले पूर्वाधार सुधार गर्न सकेका छैनन्।

चेफेरिनले यसका लागि खेल प्रशासनभन्दा बढी इटालीका राजनीतिक नेतृत्व जिम्मेवार हुन सक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम