मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिए
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिए

। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।

नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा राखेप उपाध्यक्ष नियुक्त गरेको थियो ।

उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले साढे एक वर्षमै राजीनामा दिएका हुन् ।

कार्यव्यस्तता, वर्तमानको आवश्यकता र बदलिंदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै राजीनामा दिएको आचार्यले राजीनामा पत्रमा लेखेका छन् ।

राखेप उपाध्यक्षबाट राजीनामा दिएपनि खेलकुद क्षेत्रबाट भने टाढा नरहने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । चार पटकको विश्वकप विजेता इटाली निर्णायक खेलअन्तर्गत प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि छनोट हुन असफल भएको थियो । यसअघि इटालीले सन् २०१८ को रसिया र २०२२ को कतार विश्वकप पनि गुमाएको थियो । इतिहासमा ...
। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो । कोलकाताको भने यो लगातार दोस्रो हार हो । घरेलु मैदान इडेन गार्डेन्समा २२७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो । ओपनर फिन इलेनले पहिलो ...
: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइटर्सलाई ६५ रनले पराजित गरेको छ। जारी आइपीएलमा सनराईज हैदराबादको यो पहिलो जित हो भने कोलकाता नाइट राइडर्सले लगातार दोस्रो हार बेहोरेको हो।कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रन बनाएको थियो। सनराइजर्स हैदराबादले ...
। तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । बिहीबार जनकपुरमा भएको खेलमा आर्मीले मधेशलाई ६ विकेटले पराजित गरेको हो । मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरुा गर्‍यो । तृतराज दासले ७२ बलमा ७ चौका र ३ छक्कासहित ६९ रन बनाए । बसिर ...
। अस्ट्रेलिया र जिम्बाब्वेबीच सेप्टेम्बरमा तीन खेलको एकदिवसीय शृंखला हुने भएको छ । खेलहरू हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछन् । यो सिरिज अर्को वर्ष जिम्बाबे, दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकपको तयारीका रूपमा निकै महत्वपूर्ण मानिएको छ । सबै खेल एउटै मैदानमा हुने हुँदा अस्ट्रेलियाले त्यहाँको अवस्था बुझ्ने राम्रो मौका पाउने क्रिकेट अस्ट्रेलियाले जनाएको छ। पछिल्लो समय ...