मुख्य समाचार
हिरासतबाट फरार भएका दुई जना थुनुवा मोरङको लेटाङबाट पक्राउ
हिरासतबाट फरार भएका दुई जना थुनुवा मोरङको लेटाङबाट पक्राउ

: जेनजी आन्दोलनका क्रममा भएको सुरक्षा अव्यवस्थाको फाइदा उठाउँदै हिरासतबाट फरार भएका दुई जना थुनुवा मोरङको लेटाङबाट पक्राउ परेका छन्।


पक्राउ पर्नेमा लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी एवम् डीएसपी लीलाराज लामिछानेका अनुसार इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई बिहीबार साँझ गाउँमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

दुवै जना भदौ २४ गते इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका थिए । जेनजी आन्दोलनको भिड र अव्यवस्थाको मौका छोपेर फरार भएका उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् । लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेका बेला फरार भएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाकै दिन पथरी प्रहरीको हिरासतबाट अन्य थुनुवासमेत फरार भएका थिए । भागेकाहरुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरमा पक्की घर भत्काउने क्रममा मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ निवासी ३४ वर्षीय उपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ। आज दिउँसो करिब ४ बजेको समयमा भद्रपुर–६ स्थित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बेचेको क्षतिग्रस्त पक्की घर भत्काउने क्रममा छतको पिलरसँगै तल खस्दा राजवंशीका मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी ...
: मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको छ । निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा र यात्रुहरूले विशेष गरी वर्षायाममा सास्ती भोग्दै आएका छन् । पुल निर्माणमा ढिलासुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायालगायतको टोलीले स्थलगत अनुगमन ...
: नेकपा एमालेले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको हो। एमालेले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
: नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले संसदमा दिएको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको जनाएको छ। संसदीय दलका नेताले अभिव्यक्ति गरेका कतिपय अभिव्यक्तिप्रति स्पष्ट पार्दै एमालेले सुरक्षा निकाय र निजामती प्रशासनसँग मित्रवत् सम्बन्ध रहेको बताएको छ। सचिवालय बैठकको निर्णयमा भनिएको छ, 'संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। मुलुकको संविधान ...
: नेकपा एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने वर्तमान सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ। एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो। बैठकले सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।