मुख्य समाचार
मोरङको बूढीगंगामा लडेर उद्योगमा काम गर्ने एक जना कामदारको मृत्यु
मोरङको बूढीगंगामा लडेर उद्योगमा काम गर्ने एक जना कामदारको मृत्यु

: मोरङको बूढीगंगामा लडेर उद्योगमा काम गर्ने एक जना कामदारको शुक्रबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–३ स्थित हाइटेक कार्पेट प्रा.लिमा काम गर्ने मजदुर महोत्तरी घर भएका अन्दाजी ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको हो ।


उद्योगको धारामा हात धुने क्रममा शुक्रबार दिउँसो ३:३० बजेतिर अचानक लडेर यादव बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ ६:२० बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको हो। एमालेले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
: नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले संसदमा दिएको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको जनाएको छ। संसदीय दलका नेताले अभिव्यक्ति गरेका कतिपय अभिव्यक्तिप्रति स्पष्ट पार्दै एमालेले सुरक्षा निकाय र निजामती प्रशासनसँग मित्रवत् सम्बन्ध रहेको बताएको छ। सचिवालय बैठकको निर्णयमा भनिएको छ, 'संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। मुलुकको संविधान ...
: नेकपा एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने वर्तमान सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ। एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो। बैठकले सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।
: पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाएको छैन । मालपोत कार्यालयमा अनावश्यक रुपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न असम्बन्धित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिइएको इलाका ...
: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयहरूलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयले पत्राचार गरेको हो। मन्त्रालयले सातवटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार पत्राचार गरेको हो। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति ...