: मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको छ । निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा र यात्रुहरूले विशेष गरी वर्षायाममा सास्ती भोग्दै आएका छन् ।
पुल निर्माणमा ढिलासुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायालगायतको टोलीले स्थलगत अनुगमन ...