मुख्य समाचार
इरानको 'बी-१' पुलमा अमेरिकी हमला
इरानको 'बी-१' पुलमा अमेरिकी हमला

: इरानको कराज सहरलाई राजधानी तेहरानसँग जोड्ने नवनिर्मित ‘बी-१’ पुल मा अमेरिकाले गरेको भीषण आक्रमणपछि इरानी नागरिकहरूमा गहिरो त्रास र आक्रोश देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस आक्रमणको पुष्टि गरेपछि इरानभित्रको वातावरण थप तनावपूर्ण बनेको छ।


इरानमा इन्टरनेटमाथि कडा प्रतिबन्ध लगाइएको भए पनि केही नागरिकहरूले ज्यानको जोखिम मोलेर स्टारलिंक मार्फत विश्व समुदायसँग आफ्नो पीडा पोखेका छन्। इरानमा स्टारलिंक प्रयोग गर्नु गैरकानुनी मानिन्छ र यसबापत दुई वर्षसम्मको जेल सजाय हुन सक्छ। आक्रोशित स्थानीयबासीहरुले बीबीसीसँगको कुराकानीमा आफ्नो देशमाथिको यो प्रकारको हमला कुनै हालतमा पनि सह्य नहुने बताएका छन् ।

तेहरानकी एक २० वर्षीया युवतीले आक्रमणप्रति आक्रोश पोख्दै भनिन्, 'म निकै असहाय महसुस गरिरहेकी छु। ट्रम्पले निर्धक्कसँग हाम्रो पुलमाथि भएको हमलाको पोस्ट गरिरहेका छन्। यो सिलसिला कहाँ पुगेर टुङ्गिने हो, थाहा छैन। कसैले पनि उनको विरुद्ध आवाज किन उठाइरहेका छैनन्रु उनले त हामीलाई पाषाण युगमा फर्काउँदैछन्।'



त्यसैगरी अर्का एक २० वर्षीय युवकले आफ्नो देश दिनप्रतिदिन बर्बाद हुँदै गइरहेकोमा निराशा व्यक्त गरे। 'म आफ्नो देशलाई यसरी ध्वस्त भइरहेको टुलुटुलु हेर्न विवश छु। हामी एउटा बर्बाद राष्ट्र बन्ने दिशामा छौँ,' उनले भने।

आश्चर्यजनक कुरा के छ भने, केही नागरिकले आफूलाई ‘युद्धको समर्थक’ भन्दै गर्दा पनि पुलमाथिको आक्रमणले भने उनीहरूलाई सशंकित तुल्याएको छ। कराजका एक स्थानीय निवासी, जसले आफूलाई युद्ध समर्थकका रूपमा चिनाउँछन्, उनले भने, 'यो पुलले सहरको ट्राफिक समस्या समाधान गर्थ्यो, तर यसलाई नष्ट गरियो। उनीहरूले यसैलाई किन निसाना बनाए भन्ने कुराले मलाई चिन्तित बनाएको छ।'

त्यस्तै, तेहरानकी ४० वर्षीया अर्की महिलाले पनि आफू युद्ध समर्थक भए पनि पुलमाथिको आक्रमणले आश्चर्यमा पारेको बताइन्। तर, उनले यस आक्रमणको पछाडि कुनै खास कारण हुन सक्ने अनुमान समेत गरिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको बी-१ ब्रिजमा आक्रमण गरिएको घोषणा गरेका थिए। यो पुल मध्य-पूर्वका अग्ला पुलहरूमध्ये एक मानिन्छ, जसको लम्बाई १,०५० मिटर र पिलरको उचाइ १३६ मिटर रहेको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणको समयमा उक्त पुल निर्माणाधीन अवस्थामा थियो र हालसम्म यातायातका लागि खुला गरिएको थिएन। यस आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...