मुख्य समाचार
इरानद्वारा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानका 'बेपत्ता पाइलट'को खोजी कार्य
इरानद्वारा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानका 'बेपत्ता पाइलट'को खोजी कार्य

: इरानको दक्षिणी प्रान्त कोहगिलुयेह-बोयेरअहमदका डेपुटी गभर्नरले इरानद्वारा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानका 'बेपत्ता पाइलट'को खोजी कार्य तीव्र रुपमा भइरहेको जनाएका छन् ।


यस्तै अर्कोतर्फ अमेरिकाले पनि आफ्ना लडाकु विमान र हेलिकप्टर प्रयोग गरेर पाइलटको खोजीमा 'व्यापक प्रयास' गरिरहेको छ। इरानको सरकारी समाचार एजेन्सी 'फार्स'का अनुसार, डेपुटी गभर्नरले प्रहरी, सुरक्षा बल र स्थानीय बासिन्दाहरू पाइलटको पहिचान गर्न र उनलाई नियन्त्रणमा लिन सक्रियताका साथ लागिपरेको जानकारी दिएका छन्। उनले स्थानीय बासिन्दाहरूलाई बेपत्ता पाइलटका बारेमा कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त अधिकारीहरूलाई सम्पर्क गर्न अपिल समेत गरेका छन्।

विमान ठ्याक्कै कुन स्थानमा खस्यो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। तर, इरानी सरकारी सञ्चारमाध्यमहरूले कोहगिलुयेह-बोयेरअहमद र खुजेस्तान प्रान्तको नामलाई प्राथमिकताका साथ उल्लेख गरिरहेका छन्।

गत शुक्रबार इरानको दक्षिणी क्षेत्रमा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको खबर सार्वजनिक भएको थियो। बीबीसीको अमेरिकी साझेदार 'सीबीएस न्यूज'ले दुईवटा स्रोतलाई उद्धृत गर्दै उक्त घटनाको पुष्टि गरेको छ। स्रोतका अनुसार खसालिएको विमानका चालक दलका एक सदस्यको भने उद्धार गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...