मुख्य समाचार
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आर्मी चीफ अफ स्टाफ जनरल र्‍​यान्डी ए जर्जलाई पदबाट राजीनामा दिन भनेका छन्
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आर्मी चीफ अफ स्टाफ जनरल र्‍​यान्डी ए जर्जलाई पदबाट राजीनामा दिन भनेका छन्

: अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आर्मी चीफ अफ स्टाफ जनरल र्‍​यान्डी ए जर्जलाई पदबाट राजीनामा दिन भनेका छन् । ‘अमेरिकी सेनाका ४१ औं चीफ अफ स्टाफ पदबाट उनी तुरुन्त सेवा निवृत्त हुँदै गरेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।


सामान्यतया आर्मी चीफको कार्यकाल चार वर्षको हुन्छ । रैंडी जर्जले वेस्ट पोइन्ट मिलिट्री एकेडेमीबाट अध्ययन गरेका थिए । उनलाई २०२३ मा पूर्व राष्ट्रपति जो बाइडेनले यस पदमा नियुक्त गरेका थिए । ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानसँग अमेरिका–इजरायल युद्ध ‘छिट्टै’ अन्त्य हुने बताए लगतै यस्तो फेरबदलको अवस्था आएको हो ।

जर्जले यसअघि खाडी युद्धमा तथा त्यसपछि इराक र अफगानिस्तानका हालिया द्वन्द्वहरूमा इन्फ्यान्ट्री अफिसरको रूपमा काम गरेका थिए । तर उनलाई किन पद छोड्न भनियो भन्ने कुरा अझै स्पष्ट भएको छैन । सीबीएससँगको कुराकानीमा रक्षा विभागका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा भने, ‘हामी उहाँको सेवाप्रति आभारी छौं, तर अब सेनामा नेतृत्व परिवर्तनको समय आएको छ ।’



पेन्टागनका प्रवक्ता पार्नेलले भनेका छन्, ‘डिपार्टमेन्ट अफ वार जनरल जर्जको दशकौंको सेवाप्रति आभारी छ । हामी उहाँको सेवा निवृत्तिपछिको जीवनका लागि शुभकामना दिन्छौं ।’ अमेरिकी मिडियाका अनुसार, उनको स्थानमा आर्मी वाइस चीफ अफ स्टाफ जनरल क्रिस्टोफर ला–नेव कार्यवाहक आर्मी चीफ अफ स्टाफ बन्ने छन् । पेन्टागनमा आएपछि हेगसेथले एक दर्जन बढी वरिष्ठ सैन्य अधिकारीहरू हटाइसकेका छन् । जसमा चीफ अफ नेवल अपरेशन्स र एयर फोर्सका वाइस चीफ अफ स्टाफ पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको ठमेलमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय चु यी फङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालहरूबाट नेपालीसँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाउने गरेका थिए। प्रलोभनमा परेका नेपालीहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा ...
: वैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ७३ लाख भन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाउने भन्दै ७३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्ण बहादुर राउत, तनहुँको ...
: सरकारी विज्ञापन नीति विरुद्ध खोटाङका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले सरकारलाई विरोध स्वरूप १ रुपैयाँ उपहार पठाएको छ। महासंघका अध्यक्ष हरिबोल आचार्यको नेतृत्वमा शुक्रबार सुरु गरिएको आन्दोलनको पहिलो दिन पत्रकारहरूले खोटाङका प्रमुख ...
: हायसको ठक्करबाट बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट सोही ठाउँ बस्ने जयपती रानाको छोरा अन्दाजी ६ वर्षीय सगुन रानाको शुक्रबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान ...
: काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्, ...