: धनुषाबाट घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् । शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई लालगढबाट ४० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
लालगढस्थित आदर्श राष्ट्रिय माध्यमिक विद्यालय अगाडिबाट उनलाई घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङले अन्नपूर्णलाई जानकारी दिए । उनका अनुसार मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गर्ने कार्य भइरहको छ ।
अख्तियार स्रोतका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।