मुख्य समाचार
पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित
पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित

: सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्मको पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरु विहानैदेखि सडकमा आवागमन रोकेका छन् । सवारीसाधनहरु ५ किलोमिटर सम्म सडकमा जाम लागेको छ ।

lपहिले भएको सडक भत्काएर काम अलपत्र पारेको उनीहरुको आरोप छ । निर्माण सामग्रीहरु छरिएर सडकमै रहँदा हिलो, धुलो–धुवाँले आजित भएको स्थानीयहरु बताउँछन् । हिलो, खाल्डाखुल्डी तथा अधुरा संरचनाले दुर्घटनाको जोखिम समेत बढाएको उनीहरूको गुनासो छ ।

सन् २०२० मा सुरु गरिएको उक्त सडक विस्तार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर झण्डै छ वर्ष पुग्न लाग्दा पनि काम अधुरै रहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी भइसके पनि भौतिक प्रगति सन्तोषजनक नभएको स्थानीयको आरोप छ ।

निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समयसीमा पनि आगामी जुनमा सकिँदैछ । आन्दोलनकारीहरूले तत्काल धुलो नियन्त्रण, सडकको उचित व्यवस्थापन तथा निर्माण कार्य तीव्र बनाउन माग गरेका छन् । निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप वार्तामा नआउञ्जेलसम्म आन्दोलन जारी राख्ने र सडक नखोल्ने स्थानीयहरुको भनाइ छ ।

राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समस्या समाधानका लागि पहल थालेका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बिहानैदेखि ईलाका प्रशासन, प्रहरी परिचालन गरी सडक खुलाउने र वार्ता गर्ने कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको ठमेलमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय चु यी फङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालहरूबाट नेपालीसँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाउने गरेका थिए। प्रलोभनमा परेका नेपालीहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा ...
: वैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ७३ लाख भन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाउने भन्दै ७३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्ण बहादुर राउत, तनहुँको ...
: सरकारी विज्ञापन नीति विरुद्ध खोटाङका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले सरकारलाई विरोध स्वरूप १ रुपैयाँ उपहार पठाएको छ। महासंघका अध्यक्ष हरिबोल आचार्यको नेतृत्वमा शुक्रबार सुरु गरिएको आन्दोलनको पहिलो दिन पत्रकारहरूले खोटाङका प्रमुख ...
: हायसको ठक्करबाट बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट सोही ठाउँ बस्ने जयपती रानाको छोरा अन्दाजी ६ वर्षीय सगुन रानाको शुक्रबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान ...
: काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्, ...