मुख्य समाचार
ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ
ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ

: सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही चोकबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ निवासी २५ वर्षीय संजयकुमार यादवलाई १६ हजार ८ सय क्याप्सुल लागू औषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताएका छन् ।


अबैध रुपमा भारतबाट लागू औषध खरिद गरी नेपालतर्फ आउँदै गरेका यादवलाई शंकास्पद रुपमा देखिएपछि चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध फेला परेको एसपी थेबेले बताए । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय लौकहीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनी लागू औषध तस्करी सञ्जालसँग आबद्ध रहेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधसँग जोडेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

एसपी थेबेले नेपाल–भारत खुला सीमानाका कारण लागू औषध तस्करी चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार सीमावर्ती क्षेत्र हुँदै ठूलो मात्रामा लागू औषध नेपाल भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । एसपी थेबेले अबैध लागू औषध कारोबार नियन्त्रणका लागि जिल्लाभर चौबिसै घण्टा प्रहरी परिचालन गरी निगरानी कडा पारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको ठमेलमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय चु यी फङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालहरूबाट नेपालीसँग कुराकानी गरेर विभिन्न किसिमका प्रलोभन देखाउने गरेका थिए। प्रलोभनमा परेका नेपालीहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा ...
: वैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ७३ लाख भन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाउने भन्दै ७३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्ण बहादुर राउत, तनहुँको ...
: सरकारी विज्ञापन नीति विरुद्ध खोटाङका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले सरकारलाई विरोध स्वरूप १ रुपैयाँ उपहार पठाएको छ। महासंघका अध्यक्ष हरिबोल आचार्यको नेतृत्वमा शुक्रबार सुरु गरिएको आन्दोलनको पहिलो दिन पत्रकारहरूले खोटाङका प्रमुख ...
: हायसको ठक्करबाट बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट सोही ठाउँ बस्ने जयपती रानाको छोरा अन्दाजी ६ वर्षीय सगुन रानाको शुक्रबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान ...
: काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्, ...