मुख्य समाचार
गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराए
गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा २२७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशीलाई १८८ रनमा रोक्दै गण्डकीले जित हात पारेको हो ।


कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्रै जोड्न सक्यो । कोशीका दिपेश कंडेलले अर्धशतक बनाएपनी हार टार्न सकेनन् । दिपेशले ७३ बलमा ५२ रन जोडे । यसैगरी आशिष मगरले ३०, सुमन श्रेष्ठले २०, सकिब हकले १७, शिवांश बजगाईंले १५ रन बनाए ।

गण्डकीका किब्रीन श्रेष्ठले तीन विकेट लिँदा अप्राजित पौडेल र सुवास भण्डारीले दुई-दुई विकेट हात पारे । कप्तान विपिन खत्री र कमल परियारले एक-एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।


६० रनको स्थितिमा ६ विकेट गुमाएको गण्डकीलाई सम्हाल्दै ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेर बलियो योगफल बनाएका थिए । निर्धारित ५० ओभरको अन्तिम बलमा रनआउट भएका अर्जुनले १४१ बलको सामना गर्दै १०२ रन जोडे ।

प्लेयर अफ दि म्याच अर्जुनसंग १७६ रनको साझेदारी गरेका विपिन खत्रीले अर्धशतक प्रहार गरे । विपिनले ८६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाए । कोशीविरुद्ध खराब सुरुवात गरेको गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले समान एक रनमै आउट भए । दीपक डुम्रेले १५ रन र मुस्कान थापा १० रन जोडेर आउट हुँदा गण्डकी दवावमा परेको थियो ।

गण्डकीको सुरुवाती ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले तीन मेडन सहित १८ रन खर्चिएर चार विकेट लिएका हुन् । राकेश साह र सुजन थपलियाले एक-एक विकेट हात पारे । जितसँगै गण्डकी पाँच अंकसहित तालिकाको सातौं स्थानमा छ भने लगातार पराजित भएको कोशी एक अंकसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...