मुख्य समाचार
कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने
कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने

: कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ।


सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालका विभागीसहित अन्य र भारतका गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टोलीतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, झापा–११, मच्छिन्द्र क्लब, चर्च ब्वाईज युनाइटेड र सम्राट स्पोर्टिङ क्लब छन् भने भारतबाट अल झारखण्ड बिर्सा मुन्डा एसए क्लब सहभागी हुनेछ। चैत २८ गतेको उद्घाटन खेलमा आर्मी र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।



२०७१ सालमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि जितेको स्मरण अझै ताजा रहेकाले उद्घाटन खेललाई विशेष रूपमा हेरिएको छ। विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको बताए। ‘हामीले पूर्वाधार, सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई व्यवस्थित बनाएका छौं,’ उनले भने, ‘यसपटकको प्रतियोगिता अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्य राखेका छौं।’

लामाले विराट गोल्डकपको ऐतिहासिक महत्व उल्लेख गर्दै सबैलाई सहयोगका लागि आह्वान गरे। ‘विराट गोल्डकप विराटनगरको पहिचानसँग जोडिएको प्रतियोगिता हो,’ लामाले भने, ‘यसलाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, प्रायोजक र सबै सरोकारवालाको साथ आवश्यक छ।’

गत वर्षको संस्करणमा चर्च ब्वाईज युनाइटेडलाई २–० ले हराउँदै थ्रीस्टार क्लबले उपाधि जितेको थियो। तर, साविक विजेता यस वर्ष प्रतियोगितामा सहभागी नहुने भएको छ। ट्रष्टका महासचिव बस्नेतका अनुसार यस वर्ष विजेता टिमले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा अन्य विधागततर्फ जनही २१ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिने बस्नेतले बताए।

२०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’को नामबाट सुरु भएको यस प्रतियोगिताले समय एवं मुलुकको राजनीतिक उथलपुथल सँगै नाम र स्वरूप परिवर्तन गरेको हो। यसलाई २०६७ सालपछि ‘विराट गोल्डकप’का रूपमा पुनःब्रान्डिङ गरेर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो। महेन्द्र गोल्डकपदेखि आगामी विराट गोल्डकप हुँदा प्रतियोगिताको ३८ औं संस्करण सम्पन्न हुनेछ।
यस प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको आयोजकको भनाइ छ। आयोजकका अनुसार यसपटक पनि रात्रिकालीन प्रतिस्पर्धाले दर्शकलाई आनन्द प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम