मुख्य समाचार
ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीलाई साइबर बुलिङ गर्ने युवक पक्राउ
ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीलाई साइबर बुलिङ गर्ने युवक पक्राउ

: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीलाई साइबर बुलिङ गर्ने युवक पक्राउ परेका छन्।


पराजुलीको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले रौतहट प्रहरीसँगको समन्वयमा अभिषेक चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरोको कार्यालयमा लैजाने तयारी गरिएको जनाइएको छ।

पराजुलीले केपी शर्मा ओलीको समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गर्दै साइबर बुलिङ भएको उनको आरोप छ।



अध्यक्ष ओलीलाई पक्राउ गरेपछि उनको रिहाइका लागि प्रदर्शन गर्न सडकमा उत्रिएकी पराजुलीलाई सामाजिक सञ्जालमा साइबर बुलिङ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राप्ती गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालिकासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान राप्ती गाउँपालिका–२ निवासी १६ बर्षीय आयुष्मान थापा मगर शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भई गम्भीर घाइते अवस्थामा फेला परेका ...
— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उनले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताए । कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का ...
— लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेंसीसहरबाट मर्स्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट करिब ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी ४० ...
— श्रम संस्कृति पार्टीको गोरखा जिल्ला संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको भेलाले गण्डकी गाउँपालिकाका गुरुङको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिल्ला सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सह–सचिवमा निर्मल परियार र लालबहादुर गुरुङ, कोषाध्यक्षमा रुपबहादुर गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ छानिएका छन् । त्यस्तै सदस्यमा प्रेम गुरुङ, एलिजा गुरुङ, ...
: मोरङको उर्लाबारीमा प्रहरीले छापा हानेर ठूलो मात्रामा प्रतिबन्धित औषधि तथा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो हजारौं ट्याब्लेट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जना कारोबारीलाई पक्राउ गरेको हो । यस घटनाले उर्लाबारी क्षेत्र लागुऔषध कारोबारको संवेदनशील केन्द्र बन्दै गएको देखाउँछ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–३ थापा ...