मुख्य समाचार
कर्णालीले दिएको १०८ रनको लक्ष्य १२ ओभरमा पूरा गर्दै एपीएफले फराकिलो जित
कर्णालीले दिएको १०८ रनको लक्ष्य १२ ओभरमा पूरा गर्दै एपीएफले फराकिलो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले १० विकेटको जित हात पारेको छ। कर्णालीले दिएको १०८ रनको लक्ष्य १२ ओभरमा पूरा गर्दै एपीएफले फराकिलो जित हात पारेको हो।


एपीएफको जितमा विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले अर्धशतक पूरा गरे। आशिफले ३८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ६५ रन बनाए। यसैगरी अर्का ओपनर दीपक बोहराले ४२ रन जोडे।

यसअघि जनकपुरधामस्थित रामजानकी मैदानमा टस जितेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाएर १०७ रन जोडेको थियो। कर्णालीका लागि विकेट किपर ब्याट्सम्यान अर्जुन घर्तीले अविजित रहँदै सर्वाधिक ३८ रन बनाएका थिए। ७३ बल खेलेका अर्जुनले तीन चौका प्रहार गरे। दीपेन्द्र रावतले २५, ओपनर रवीन्द्र शाहीले १८ र सुनिल धमलाले १७ रन बनाउँदा अरू ब्याटर चलेनन्। निश्चल रावल र विपिन रावल शून्यमै पेभेलियन फर्किए भने बिपिन शाहीले एक रन बनाए।



कर्णालीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरी र अभिषेक गौतमले समान चार/चार विकेट लिए। कप्तान रोहित पौडेलले एक विकेट हात पारे। अभिषेक गौतम प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै एपीएफ पाँच अंकसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ। कर्णाली भने तीन अंकसहित आठौं स्थानमा कायम छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम