मुख्य समाचार
विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई दुःख हैरानी दिने तथा ठगी गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा
विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई दुःख हैरानी दिने तथा ठगी गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा

— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट यात्रुहरूलाई दुःख हैरानी दिने तथा ठगी गरेको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले यात्रुहरूलाई जबरजस्ती तान्ने, विभिन्न प्रलोभनमा पारेर आफ्ना सम्पर्कका होटलमा लैजाने तथा त्यसबापत होटल र यात्रुबाट कमिसन लिने गरेका थिए।

त्यस्तै आपसमा झगडा गर्ने तथा अभद्र व्यवहार गर्ने गतिविधिमा समेत संलग्न रहेकाहरू छन्।

पक्राउ पर्नेहरूमा सर्लाही घर भई सिनामंगल बस्ने १८ वर्षीय सूर्य माझी, बाँके घर भई एयरपोर्ट बस्ने २२ वर्षीय एकेश तामाङ, पाँचथर घर भई एयरपोर्ट बस्ने २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय राजकुमार राई, मकवानपुर घर भई एयरपोर्ट बस्ने ४० वर्षीय मंगलमान घलान, पाँचथर घर भई टोखा बस्ने ३८ वर्षीय खगेन्द्र लिम्बु रहेका छन्।

त्यस्तै मोरङ घर भई एयरपोर्ट बस्ने २९ वर्षीय आशिष खतिवडा, मकवानपुर घर भई सम्भुमार्ग बस्ने ३४ वर्षीय बिश्व मोक्तान, धनुषा घर भई एयरपोर्ट बस्ने ४५ वर्षीय वीरेन्द्र झा, सिराहा घर भई तिलगंगा बस्ने ६० वर्षीय लड्डा मियाँ, मोरङ घर भई नयाँ बसपार्क बस्ने ४६ वर्षीय परशुराम राई, रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ, धनुषा घर भई तिलगंगा बस्ने ५३ वर्षीय रघुवीर शाहलाई पनि पक्राउ गरेको छ।
महोत्तरी घर भई तिलगंगा बस्ने ३३ वर्षीय राजीवकुमार रावत, धनुषा घर भई गौशाला बस्ने २६ वर्षीय सरोजकुमार महतो, मकवानपुर घर भई गौशाला बस्ने १९ वर्षीय अजय लामा, झापा घर भई सिनामंगल बस्ने ३९ वर्षीय केशव लिम्बु, बझाङ घर भई सिनामंगल बस्ने २० वर्षीय रामप्रसाद जोशी र बझाङ घर भई कीर्तिपुर बस्ने २९ वर्षीय विमलराज जोशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...