मुख्य समाचार
फेवातालको सीमाभित्र निर्मित ३२ अवैध संरचना पोखरा महानगरले भत्काएको छ
फेवातालको सीमाभित्र निर्मित ३२ अवैध संरचना पोखरा महानगरले भत्काएको छ

— फेवातालको सीमाभित्र निर्मित ३२ अवैध संरचना शनिबार पोखरा महानगरले भत्काएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले सीमांकन गरेर पोल गाडेको तालको क्षेत्रफलभित्रका अवैध संरचनामा डोजर चलाइएको हो ।

संरचना भत्काइएको क्षेत्रका स्थानीयले भने कुनै सूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्म मोटरबाटो अवरुद्ध गरेका छन् ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने शनिबार पहिलो चरणमा पोल गाडिएको क्षेत्रभित्रका मात्रै संरचना भत्काइएको प्रतिक्रिया दिए ।


सर्वोच्च अदालतको ४ असार २०८० को फैसलाले तालको पानीको उच्चतम सतहका आधारमा सीमांकन गरी सीमाबाट ६५ मिटरका भित्र रहेका संरचनासमेत भत्काउन परमादेश जारी गरेको थियो । ६५ मिटरभित्रका जग्गाको दर्ता खारेज गर्न र ०३२ सालअघि दर्ता भएका जग्गाको मुआब्जा दिएर तालको नाममा ल्याई हरियाली कायम गर्न सर्वोच्चको परमादेश थियो । ४ असार २०८० मै वाटर फ्रन्ट रिसोर्टले अतिक्रमण गरेको संरचना भत्काउने फैसला सर्वोच्चले गरेको थियो ।

उक्त फैसला कार्यान्वयनको क्रममा १३ मंसिर ०८० मा फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन भयो । सहजीकरण समितिले १५ माघ ०८० मा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत गंगालाल पोख्रेलको संयोजकत्वमा प्राविधिक उपसमिति बनाएको थियो ।

उपसमितिको अध्ययनअनुसार ताल घर ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) छ । यो २० असार ०८१ मा पोखरामा भीषण वर्षा हुँदा पहिचान गरिएको उच्चतम पानीको किनाराको क्षेत्रफल हो । सहजीकरण समितिले सार्वजनिक गरेको यो क्षेत्रफल राजपत्रमा प्रकाशित पछिल्लो क्षेत्रफलभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढी हो ।

उपसमितिको सिफारिसको आधारमा सहजीकरण समितिल १७ जेठदेखि ताल किनारमा पोल गाड्न थाल्यो । उपसमितिले डिजिटल रुपमा १ हजार ५५ विन्दु यकिन गरे पनि भौगोलिक विषमताका कारण ६ सय ११ वटा मात्रै पोल गाडेको थियो । अहिले महानगरले सेदीस्थित वाटरफ्रन्ट रिसोर्टदेखि खपौदीसम्म यही पोल गाडिको सीमाभित्रका संरचना मात्रै हटाएको हो । सहजीकरण समितिले उक्त पोल गाडिएको स्थानबाट ६५ मिटर भने डिजिटल रुपमा मात्रै यकिन गरेको छ । पोल गाडिएको सिमानाबाट ६५ मिटरसम्मको क्षेत्रफल १.२६८ वर्ग किमी (२ हजार ४ सय ९१ रोपनी ७ आना १ पैसा २ दाम) कायम हुन आएको छ ।

सरकारले शासकीय सुधारका सय कार्यसूचीभित्र फेवाताल संरक्षणलाई पनि राखेपछि प्रधामन्त्री वालेन्द्र शाहले पोखरा महानगर प्रमुख धनराज आचार्यलाई फोन गरी चासो व्यक्त गरेका थिए । महानगरले प्रधानमन्त्री कार्यालयलाई पछिल्लो प्रगति प्रतिवेदन बुझाइसकेको छ । पोल गाडिएको ताल घरभित्रको जमिनमा बनेका अवैध संरचना भत्काउन समस्या नभए पनि ६५ मिटरभित्रका संरचना भत्काउन मुआब्जाको विषय टुंगोमा पुर्‍याउनुपर्ने सुझाव उक्त प्रतिवेदनमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राप्ती गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालिकासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान राप्ती गाउँपालिका–२ निवासी १६ बर्षीय आयुष्मान थापा मगर शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भई गम्भीर घाइते अवस्थामा फेला परेका ...
— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उनले कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको बताए । कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसलाई एकढिक्का ...
— लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेंसीसहरबाट मर्स्याङ्दी–७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको यात्रुबाहक जिप अपराह्न साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट करिब ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी ४० ...
— श्रम संस्कृति पार्टीको गोरखा जिल्ला संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको भेलाले गण्डकी गाउँपालिकाका गुरुङको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जिल्ला सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सह–सचिवमा निर्मल परियार र लालबहादुर गुरुङ, कोषाध्यक्षमा रुपबहादुर गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ छानिएका छन् । त्यस्तै सदस्यमा प्रेम गुरुङ, एलिजा गुरुङ, ...
: मोरङको उर्लाबारीमा प्रहरीले छापा हानेर ठूलो मात्रामा प्रतिबन्धित औषधि तथा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो हजारौं ट्याब्लेट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जना कारोबारीलाई पक्राउ गरेको हो । यस घटनाले उर्लाबारी क्षेत्र लागुऔषध कारोबारको संवेदनशील केन्द्र बन्दै गएको देखाउँछ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–३ थापा ...