मुख्य समाचार
इरानी सेनाले आफ्नो एअर डिफेन्स सिस्टम प्रयोग गरी एक अमेरिकी ए-१० विमानलाई खसालेको दाबी
इरानी सेनाले आफ्नो एअर डिफेन्स सिस्टम प्रयोग गरी एक अमेरिकी ए-१० विमानलाई खसालेको दाबी

: इरानी सेनाले आफ्नो एअर डिफेन्स सिस्टम प्रयोग गरी एक अमेरिकी ए-१० विमानलाई खसालेको दाबी गरेको छ। बीबीसीका अनुसार इरानी सरकारी सञ्चारमाध्यमले उक्त विमान दक्षिणी इरानको फारसको खाडी (पर्सियन गल्फ) क्षेत्रमा खसेको उल्लेख गरेका छन्।


घटनाको सम्बन्धमा अमेरिकी अधिकारीहरू र सञ्चारमाध्यमहरूले पनि भिन्न विवरणहरू सार्वजनिक गरेका छन्। इरानी सेनाका अनुसार होर्मुज जलडमरु नजिकै अमेरिकी ए-१० विमानलाई निशाना बनाइएको थियो।

बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएस न्यूजले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमा हराइरहेको एफ-१५ लडाकु विमानको खोजी र उद्धार मिशनमा संलग्न दुई विमानमाथि आक्रमण भएको पुष्टि गरेको छ।


सीबीएसका अनुसार आक्रमणमा परेको ए-१० वार्थोग विमानका पाइलटले खाडीमा 'इजेक्ट' गरेका थिए, जसलाई पछि सुरक्षित उद्धार गरिएको छ। यद्यपि, इरानले दाबी गरेको र अमेरिकी उद्धार कार्यमा संलग्न रहेको विमान एउटै हो वा होइन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

यसअघि दुर्घटना भएको एफ-१५ ई लडाकु विमानका दुई पाइलटमध्ये एक जनालाई दुईवटा हेलिकप्टरको सहयोगमा उद्धार गरिएको छ। तर, उद्धारका क्रममा उक्त हेलिकप्टरमाथि पनि साना हतियारबाट गोली प्रहार भएको थियो।

दुर्घटनामा परेको एफ-१५ विमानका दोस्रो पाइलट अझै बेपत्ता छन्। उनको खोजीका लागि सञ्चालित अभियानमा थप चुनौती थपिएको छ। इरानी सेनाले भने आफ्नो एअर डिफेन्स फोर्सले सफलतापूर्वक अमेरिकी विमानलाई निशाना बनाएको दाबीलाई जोड दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...