मुख्य समाचार
यूएईमा घाइते ६ नेपाली डिस्चार्ज
यूएईमा घाइते ६ नेपाली डिस्चार्ज

— यूएईको अबुधाबीस्थित अब्जान क्षेत्रमा इरानी मिसाइललाई निस्तेज बनाउँदा खसेको टुक्राबाट घाइते ६ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर अवस्थामा रहेका एक जना पनि खतरामुक्त छन् ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ६ जना घाइते नेपालीको उपचारपछि डिस्चार्ज गरिएको हो । गम्भीर घाइते एक जनाको भने अस्पतालमै उपचार भइरहेको छ ।

दूतावासले घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै चार जनासँग प्रत्यक्ष भेटेर अवस्थाबारे जानकारी लिएको जनाएको छ । आवश्यक सहयोग र समन्वयका लागि निरन्तर पहल भइरहेको दूतावासको भनाइ छ ।

घाइतेहरूको उपचार संयुक्त अरब इमिरेट्स सरकारको समन्वयमा भइरहेको छ । उपचाररत व्यक्तिको अवस्था सुधार हुँदै गएको र छिट्टै डिस्चार्ज हुन सक्ने सम्भावना रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

यसैबीच, दूतावासले संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न र सतर्क रहन पनि अनुरोध गरिएको छ ।

इरानबाट आएको मिसाइल र ड्रोनलाई निस्तेज बनाउने क्रममा टुक्राहरू खसेर उक्त घटना भएको थियो ।


यूएईको रक्षा मन्त्रालयका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक मिसाइल, ४ वटा क्रुज मिसाइल र ४७ वटा ड्रोनलाई निस्तेज बनाइएको थियो । २८ फेब्रुअरीदेखि सुरु भएको युद्धयता यूएईले कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोनमा अवरोध गरिसकेको जनाएको छ ।

युद्ध सुरु भएयता यूएईमा हालसम्म २०३ जना घाइते भएका छन् । तीमध्ये विभिन्न देशका नागरिक रहेका छन्, जसमा नेपालका नागरिक पनि छन् । यस अवधिमा २ जना सैनिकसहित विभिन्न देशका ८ जनाको ज्यान गइसकेको छ । जसमा एकजना नेपाली समेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम