मुख्य समाचार
इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते
इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते

। शनिबार इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते भएका छन् ।

बहराइनको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानी आक्रमणका कारण अवरोध गरिएका ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा चार नागरिक सामान्य घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ ।’ घटनास्थलमा उद्धार तथा एम्बुलेन्स टोली खटिएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, यूएईको दुबईमा दुई वटा भवनमा पनि हवाई अवरोधपछि खसेका भग्नावशेष लागेका छन् । तीमध्ये एक भवनमा अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनी ओरेकल कर्पोरेशनको कार्यालय रहेको जनाइएको छ । दुबई प्रशासनले भवनमा आगो लागेको तर मानवीय क्षति नभएको जनाएको छ ।

दुबई मिडिया अफिसले भनेको छ, ‘दुबई इन्टरनेट सिटीस्थित ओराकल भवनको बाहिरी भागमा हवाई अवरोधका क्रममा खसेको भग्नावशेषका कारण सामान्य घटना भएको हो । यसमा कुनै मानवीय क्षति भएको छैन ।’

त्यस्तै, दुबई मरीना क्षेत्रमा रहेको अर्को भवनमा पनि यस्तै भग्नावशेष लागे पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

यसअघि यसै साता इरानको रिभोल्युसनरी गार्डले खाडी क्षेत्रका अमेरिकी प्रविधि कम्पनीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको मध्यपूर्व युद्धयता इरानले खाडी क्षेत्रका देशहरूमाथि आक्रमण गर्दै आएको छ । इरानले सैनिक मात्र नभई ऊर्जा संरचनासहित नागरिक पूर्वाधारलाई पनि लक्षित गरेको आरोप छ ।

शुक्रबार अबुधाबीको हब्सान ग्यास कम्प्लेक्समा ड्रोन वा मिसाइलका टुक्रा खस्दा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए । यसैगरी अबुधाबीकै अब्जन क्षेत्रमा पनि यस्तै घटना हुँदा नेपालीहरु समेत घाइते भएका थिए ।

स्ट्रेट अफ होर्मुज खुला गर्न ४८ घण्टे चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण स्ट्रेट अफ होर्मुज खुला गर्न ४८ घण्टे चेतावनी दिएका छन् । युद्ध छैटौं सातामा प्रवेश गरिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्तिले तनाव थप चर्किएको छ । इरानले भने उक्त चेतावनीलाई ‘असन्तुलित र मूर्खतापूर्ण’ भनेर प्रतिक्रिया दिएको छ ।

शुक्रबार इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेपछि स्थिति झन् जटिल बनेको छ । इरानी पक्षले ‘शत्रु पाइलट’ फेला पार्न सर्वसाधारणलाई समेत आह्वान गरेको छ । बेपत्ता पाइलटको खोजी दक्षिण–पश्चिमी इरानको पहाडी क्षेत्र कोहगिलुयेह र बोयर–अहमद प्रान्तमा जारी रहेको बताइएको छ ।

सैन्य चेतावनी र प्रतिआक्रमणको धम्की

इरानी संयुक्त सैन्य कमाण्डका जनरल अली अब्दोल्लाही अली आबादीले अमेरिकाले पूर्वाधारमा आक्रमण जारी राखे ‘नरकको ढोका खुल्ने’ भनेर कडा चेतावनी दिएका छन् । उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि पनि आक्रमण गर्न सकिने संकेत दिएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धले हजारौंको ज्यान लिइसकेको छ । यसले विश्व बजार, विशेष गरी तेल आपूर्ति र ढुवानी मार्गमा ठूलो असर पारेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले महशहरस्थित एक पेट्रोकेमिकल उद्योगमा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार उक्त संरचनाले इरानको युद्ध खर्च धानिरहेको थियो ।

इरानी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा ५ जनाको मृत्यु र १७० जना घाइते भएका छन् ।

यसैबीच बुशेर न्युक्लियर प्लान्ट नजिक पनि हवाई आक्रमण भएको इरानले जनाएको छ । सो आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको र भवनमा क्षति पुगेको बताइएको छ । रुसको सरकारी आणविक संस्था रोसाटमले करिब २०० कामदारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

कूटनीतिक प्रयास जारी

युद्धबीच कूटनीतिक पहल पनि जारी छ । पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको छ । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले युद्धविरामका प्रयास ‘सही दिशामा अघि बढिरहेको’ बताएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अरघचीले इस्लामाबादमा वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । पाकिस्तान, टर्की र इजिप्टले संयुक्त रूपमा वार्ताका लागि पहल गरिरहेको जनाइएको छ ।

विमान खसालिएको दाबी र पाइलटको खोजी

यसैबीच इरानले एक अमेरिकी एफ–१५ ई स्ट्राइक ईगल विमान खसालेको दाबी गरेको छ । साथै दुई अमेरिकी हेलिकप्टरमाथि पनि आक्रमण गरिएको जनाएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार एक चालक दल सदस्यको उद्धार गरिएको छ भने अर्काको अवस्था अज्ञात छ । अर्को एक अमेरिकी विमान पनि खसेको तर कारण स्पष्ट नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...