मुख्य समाचार
सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते
सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते

। सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल स्थानीय आर.के. मेडिसिटीमा उपचारका लागि लगिएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरी रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने भूमि व्यवस्था मन्त्री ...
: प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त बिभिन्न तीन विधेयकहरु टेबुल गरिएको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयकहरु टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २५ गते बुधबार दिउँसो १ बजे ...
: प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकहरू टेबुल गरिएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना तथा सञ्चालन) विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयकहरू टेबुल गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजेलाई बस्नेछ।
: राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीलाई अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख एवं उच्च सरकारी ...
: पुतलीबजार नगरपालिका सहित सिद्धार्थ राजमार्गमा पर्ने स्थानीय पालिकामा सवारी साधन पार्किङलाई एकीकृत एवं व्यवस्थित बनाउन सरोकारवालाबीच छलफल भएको छ। छलफलले गरेको ४ बुँदे निर्णय कार्यान्वयन भने आउँदो वैशाख १ देखि हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा जिल्ला प्रहरी र ट्राफिक कार्यालय, पुतलीबजार नगरपालिका सहित वडा नं. १ को कार्यालय, यातायात शाखा, स्याङ्जा जिल्ला ...