मुख्य समाचार
गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप
गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप

। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो ।

अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य सार्वजनिक स्थानमा घुम्ने छाडा कुकुरको संख्या नियन्त्रण गर्नुका साथै रेबिज संक्रमणबाट मानिस र पशु दुवैलाई सुरक्षित राख्नु रहेको छ ।

पछिल्लो समय बजार तथा बस्ती क्षेत्रमा छाडा कुकुरले मानिसलाई टोक्ने घटनाहरू बढ्दै गएकोले स्थानीय तह र सरोकारवालाहरूको ध्यान यसतर्फ केन्द्रित भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका कार्यालयका प्रमुख हुमाकान्त पाण्डेका अनुसार जिल्लाका रेसुङ्गा र मुसिकोट नगरपालिका सहित गुल्मीदरबार, छत्रकोट, कालिगण्डकी र सत्यवती गाउँपालिकामा चरणबद्ध रूपमा शिविर सञ्चालन गरिएको छ ।

यस अभियानमा हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपाल, पोखराको प्राविधिक सहयोग रहेको छ । अनुभवी पशु चिकित्सकहरूको टोलीले स्थानीय स्तरमै पुगेर कुकुरको बन्ध्याकरण तथा रेबिज खोप सेवा प्रदान गरिरहेको छ ।

हालसम्म कालिगण्डकी गाउँपालिकामा १००, सत्यवतीमा ६५, छत्रकोटमा ७५ र गुल्मीदरबारमा १०० कुकुरको बन्ध्याकरण र खोप सम्पन्न भइसकेको छ । रेसुङ्गा नगरपालिकामा १०० र मुसिकोट नगरपालिकामा ५० कुकुरलाई सेवा दिने लक्ष्य राखिएको छ ।

गुल्मीदरबारमा कुकुरको संख्या अत्यधिक भएकाले थप ११० कुकुरलाई पनि समेट्ने तयारी गरिएको छ । कार्यालयले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा कम्तीमा दुई दिनसम्म शिविर सञ्चालन गर्दै आएको छ ।

पछिल्ला तीन वर्षदेखि निरन्तर रूपमा यस्तो अभियान सञ्चालन भइरहेको छ । जसले दीर्घकालीन रूपमा कुकुरको अनियन्त्रित बृद्धि रोक्न मद्दत पुर्‍याइरहेको छ ।

जिल्लामा करिब ८ हजार कुकुर रहेको अनुमान गरिएको छ । जसमध्ये आधा सामुदायिक (छाडा) र आधा घरपालुवा छन् । गत वर्ष मात्रै ४०० कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप गरिएको थियो भने करिब १ हजार मानिसले कुकुरको टोकाइपछि रेबिज विरुद्धको खोप लगाउनुपरेको तथ्यांक छ ।

छाडा कुकुरका कारण स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्दै आएका छन् । विशेषगरी रातको समयमा पैदलयात्री तथा मोटरसाइकल चालकहरू बढी जोखिममा पर्ने गरेका छन् ।

खाली जग्गा, सडक, चोक तथा गल्लीहरूमा कुकुरहरूको झुण्ड देखिनु सामान्यजस्तै भइसकेको छ । यिनै कुकुरहरूले सडकमै बच्चा जन्माउने र त्यही हुर्किने क्रम बढ्दो छ, जसले समस्या झन जटिल बनाइरहेको छ ।

अघिल्लो वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारण एक महिलाको रेबिजबाट मृत्यु समेत भएको थियो । साथै गाईभैंसी जस्ता चौपायामा पनि कुकुरको आक्रमण बढेको स्थानीयले बताएका छन् ।

यसले पशुपालन क्षेत्रमा समेत नोक्सानी पुर्‍याएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

सो लक्ष्य प्राप्त गर्न यस्ता स्थानीयस्तरका अभियानहरू अत्यन्त महत्वपूर्ण रहेको कार्यालय प्रमुख पाण्डेले बताए । बन्ध्याकरणले कुकुरको अनियन्त्रित प्रजनन रोक्ने र खोपले रेबिजको जोखिम घटाउने भएकाले दुवै उपायलाई सँगै अघि बढाइएको हो ।

स्थानीयवासीहरूले पनि यस अभियानलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले यस्ता कार्यक्रम नियमित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...