मुख्य समाचार
शनिबार–आइतबार बिदा दिने निर्णय वैज्ञानिक छ, स्थायी रूपमै लागु गरौं
शनिबार–आइतबार बिदा दिने निर्णय वैज्ञानिक छ, स्थायी रूपमै लागु गरौं

। पूर्व प्रधानमन्त्री ले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयको समर्थन गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको अभावलाई हेरेर आजको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन(शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयपछि फेसबुकमा टिप्पणी गर्दै भट्टराईले त्यो निर्णय वैज्ञानिक रहेको तर्क गर्दै स्थायी रूपमै लागु गर्न उपयुक्त हुने बताएका हुन् ।

‘कार्यालय समय ९–५ बजे र शनिवार–आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ,’ भट्टराईले लेखेका छन्, ‘यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागु गर्ने मात्र होइन सार्वजनिक वार्षिक बिदा र क्यालेन्डर (पात्रो)मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागु गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ ।’

आफ्नो पालाको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको उल्लेख गर्दै उनले विविध कारणले लागु नगरिएको बताएका छन् । ‘पछिल्ला सरकारहरूले रद्दीको टोकरीमा फालेको यो विषयलाई अझै आवश्यक परिमार्जन गरेर वर्तमान सरकारले लागु गरोस्,’ उनले भनेका छन् ।

दैनिक कार्य समय बढाएर हप्ताको दुई दिन बिदा दिँदा कुल कार्य समय कम होइन, झन् बढी हुने उनले बताएका छन् । ‘यसले कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ, पारिवारिक सुख–शान्ति बढ्छ, इन्धनको बचत हुन्छ, स्वच्छ पर्यावरण निर्माणमा मद्दत पुग्छ,’ उनले अगाडि भनेका छन्, ‘आन्तरिक पर्यटन वृद्धि हुन्छ ।’ आइतबारको बिदाले अन्तर्राष्ट्रिय कार्य समयसँग व्यावसायिक तालमेल गर्न सजिलो हुने पनि उनको तर्क छ । यसले सबै हिसाबले देश र समाजलाई फायदा हुने भट्टराईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर घटाएर पनि मूल्यवृद्धि रोक्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत लिङ्देनले आफूले विरोध नगरेर सुझाव मात्रै दिएको बताएका हुन् । ‘विरोध होइन सुझाव– पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिने,’ उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको नाममा हवाई ...
। प्रधानसेनापति अशोकराज सिग्देलले भूतपूर्व सैनिकको सञ्जाल वडा तहसम्म विस्तार गर्ने काम तीव्र गतिमा अघि बढाइने बताएका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आइतबार भएको ‘नेपाली सेना भूपू सैैनिक सम्मेलन २०८२’ कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले वडा तहसम्म भूतपूर्व सैनिकको सञ्जाल विस्तार गरिने बताएका हुन् । ‘नेपाली सेनाको कल्याणकारी बोर्डले देशभर रहेका हितकारी कार्यहरूलाई एउटै छातामुनि ...
। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कँडेलले आइतबार साढे ४ बजे कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् । कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो ।
पोखराको फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको उद्धार