मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी दिएका छन् । उनले आफ्नो समयसीमा (डेडलाइन) भित्र 'हर्मोज जलसन्धि'नखोले इरानी पूर्वाधारहरूमाथि भीषण आक्रमण गर्ने कडा चेतावनी दिएका हुन्। ट्रम्पले तोकेको समयसीमा सोमबार अर्थात् आज सकिँदैछ।


आइतबार सामाजिक सञ्जालमा एक आक्रामक र अपशब्दयुक्त पोस्ट गर्दै ट्रम्पले यदि जलसन्धि नखोलिए इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका हुन्। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, 'मंगलबार इरानका लागि पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने दिन हुनेछ। हर्मोज जलसन्धि तुरुन्त खोल, नत्र तिमीहरू नर्कमा बस्नुपर्नेछ—हेर्दै जाऊ'

गत मार्च २६ मा ट्रम्पले इरानलाई यो विश्वकै प्रमुख उर्जा आपूर्ति मार्ग खोल्न १० दिनको अल्टिमेटम दिएका थिए। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उक्त मार्गमा यातायात ठप्प पारिएको छ।



इरानी अधिकारीहरूले ट्रम्पको यो धम्कीको कडा भर्त्सना गर्दै बदला लिने चेतावनी दिएका छन्। संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले भनेको छ, 'अमेरिकी राष्ट्रपतिले पुनः नागरिक जीवनका लागि आवश्यक पूर्वाधार नष्ट गर्ने धम्की दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले यस्ता युद्ध अपराध रोक्न तुरुन्त कदम चाल्नुपर्छ।'

यसैबीच, इरानी राष्ट्रपतिका सञ्चार उपप्रमुख सैयद मेहदी ताबातबाईले युद्धबाट भएको क्षतिपूर्ति नतिरेसम्म जलसन्धि नखोलिने स्पष्ट पारेका छन्। उनले ट्रम्पको धम्कीलाई 'हतासा र क्रोधको अभिव्यक्ति' भएको टिप्पणी गरेका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि गत हप्ता इरानलाई 'ढुङ्गे युग'मा पुर्‍याइदिने चेतावनी दिएका थिए। अमेरिकी र इजरायली आक्रमणबाट यसअघि नै इरानका विद्यालय, अस्पताल र विश्वविद्यालयहरूमा क्षति पुगिसकेको छ।

पूर्वाधार लक्षित आक्रमणले सर्वसाधारणमा पार्ने प्रभावबारे सोधिएको प्रश्नमा ट्रम्पले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै आफूलाई त्यसको कुनै चिन्ता नरहेको बताएका छन्।

यसैबीच, ट्रम्पले शुक्रबार इरानमा खसालिएको अमेरिकी एफ-१५ई फाइटर जेटका चालकलाई इरानको पहाडी क्षेत्रबाट जीवितै उद्धार गरिएको जानकारी दिएका छन्। उनले यसलाई अमेरिकी फौजको 'अद्भुत बहादुरी' को संज्ञा दिएका छन्। ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने तय भएको छ, जहाँ उनले यसबारे थप रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...