मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी दिएका छन् । उनले आफ्नो समयसीमा (डेडलाइन) भित्र 'हर्मोज जलसन्धि'नखोले इरानी पूर्वाधारहरूमाथि भीषण आक्रमण गर्ने कडा चेतावनी दिएका हुन्। ट्रम्पले तोकेको समयसीमा सोमबार अर्थात् आज सकिँदैछ।


आइतबार सामाजिक सञ्जालमा एक आक्रामक र अपशब्दयुक्त पोस्ट गर्दै ट्रम्पले यदि जलसन्धि नखोलिए इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका हुन्। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, 'मंगलबार इरानका लागि पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने दिन हुनेछ। हर्मोज जलसन्धि तुरुन्त खोल, नत्र तिमीहरू नर्कमा बस्नुपर्नेछ—हेर्दै जाऊ'

गत मार्च २६ मा ट्रम्पले इरानलाई यो विश्वकै प्रमुख उर्जा आपूर्ति मार्ग खोल्न १० दिनको अल्टिमेटम दिएका थिए। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उक्त मार्गमा यातायात ठप्प पारिएको छ।



इरानी अधिकारीहरूले ट्रम्पको यो धम्कीको कडा भर्त्सना गर्दै बदला लिने चेतावनी दिएका छन्। संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले भनेको छ, 'अमेरिकी राष्ट्रपतिले पुनः नागरिक जीवनका लागि आवश्यक पूर्वाधार नष्ट गर्ने धम्की दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले यस्ता युद्ध अपराध रोक्न तुरुन्त कदम चाल्नुपर्छ।'

यसैबीच, इरानी राष्ट्रपतिका सञ्चार उपप्रमुख सैयद मेहदी ताबातबाईले युद्धबाट भएको क्षतिपूर्ति नतिरेसम्म जलसन्धि नखोलिने स्पष्ट पारेका छन्। उनले ट्रम्पको धम्कीलाई 'हतासा र क्रोधको अभिव्यक्ति' भएको टिप्पणी गरेका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि गत हप्ता इरानलाई 'ढुङ्गे युग'मा पुर्‍याइदिने चेतावनी दिएका थिए। अमेरिकी र इजरायली आक्रमणबाट यसअघि नै इरानका विद्यालय, अस्पताल र विश्वविद्यालयहरूमा क्षति पुगिसकेको छ।

पूर्वाधार लक्षित आक्रमणले सर्वसाधारणमा पार्ने प्रभावबारे सोधिएको प्रश्नमा ट्रम्पले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै आफूलाई त्यसको कुनै चिन्ता नरहेको बताएका छन्।

यसैबीच, ट्रम्पले शुक्रबार इरानमा खसालिएको अमेरिकी एफ-१५ई फाइटर जेटका चालकलाई इरानको पहाडी क्षेत्रबाट जीवितै उद्धार गरिएको जानकारी दिएका छन्। उनले यसलाई अमेरिकी फौजको 'अद्भुत बहादुरी' को संज्ञा दिएका छन्। ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्ने तय भएको छ, जहाँ उनले यसबारे थप रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...