मुख्य समाचार
साउदी सरकारले एक साताको अवधिमा बिभिन्न क्षेत्र गरी १४ हजार २४२ गैरकानूनी आप्रवासी पक्राउ
साउदी सरकारले एक साताको अवधिमा बिभिन्न क्षेत्र गरी १४ हजार २४२ गैरकानूनी आप्रवासी पक्राउ

: साउदी सरकारले एक साताको अवधिमा बिभिन्न क्षेत्र गरी १४ हजार २४२ गैरकानूनी आप्रवासी पक्राउ गरेको छ । साउदी गृह मन्त्रालयका अनुसार मार्च २६ देखि अप्रिल १ सम्म सञ्चालन गरिएको संयुक्त सुरक्षा निरीक्षण अभियानका क्रममा देशभरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


पक्राउ परेकामध्ये ७,८८४ जनाले रेसिडेन्सी (बसोबास) कानून उल्लंघन गरेका छन् भने ३,९४८ जनाले सीमा सुरक्षा कानून र २,४१० जनाले श्रम कानून उल्लंघन गरेका छन् । साथै अधिकारीहरूले अवैध रूपमा बसोबास गर्नेहरूमाथि कारबाही तीव्र बनाएको जनाउँदै २३ हजार ८१५ जनालाई यात्रा कागजात तयारीका लागि सम्बन्धित दूतावासमा पठाइएको जानकारी समेत दिएका छन् ।

जसमा ६,८०८ जनाको यात्रा प्रक्रिया पूरा गरिएको छ भने ६,२८५ जनालाई देश निकाला गरिसकिएको छ । यसैबीच अवैध रूपमा देश प्रवेश गर्ने प्रयास समेत रोकिएको छ । सुरक्षा बलहरूले १,४४९ जनालाई सीमा पार गर्ने क्रममा पक्राउ गरेका छन् । जसमध्ये २७ प्रतिशत यमन र ७१ प्रतिशत इथियोपियाका नागरिक रहेका छन् ।



बाँकी २ प्रतिशत अन्य मुलुकका नागरिक रहेका छन् । अवैध बसोबास गर्नेहरूलाई सहयोग गरेको आरोपमा २५ जनालाई पक्राउ गरिएको छ । उनीहरूले यातायात, आश्रय तथा रोजगारी उपलब्ध गराएको जनाइएको छ । हाल ३६ हजार ३६५ आप्रवासीहरू कानुनी प्रक्रियामा रहेका छन्, जसमा ३२ हजार ३०९ पुरुष र ४,०५६ महिला छन् ।

गृह मन्त्रालयले अवैध बासिन्दालाई सहयोग गर्ने जोकोहीलाई कडा सजाय हुने चेतावनी समेत दिएको छ । यस्तो कार्यमा संलग्नलाई १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्म जरिवाना तथा प्रयोग गरिएका सवारी साधन वा सम्पत्ति सबै जफत गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...