मुख्य समाचार
शिक्षा मन्त्रालयले शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गराउन निर्देशन
शिक्षा मन्त्रालयले शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गराउन निर्देशन

: शिक्षा मन्त्रालयले शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गराउन निर्देशन दिएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गरेर मन्त्रालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरी शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको भन्दै सो कार्य रोक्न निर्देशन दिएको हो।


शैक्षिक सत्र २०८३ सुरु हुनुपूर्व नै निजी विद्यालयले विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरु बाहिरिएको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क संकलन नगर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

मन्त्रालयले अभिभावकहरूबाट कानुनविपरीत ढंगले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराउने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध पनि गरेको छ।

तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन लगायत अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...