मुख्य समाचार
अमेरिकाले दिवंगत इरानी जनरल कासिम सुलेमानीका आफन्तहरुलाई पक्राउ गरिएको दावी
अमेरिकाले दिवंगत इरानी जनरल कासिम सुलेमानीका आफन्तहरुलाई पक्राउ गरिएको दावी

: अमेरिकाले दिवंगत इरानी जनरल कासिम सुलेमानीका आफन्तहरुलाई पक्राउ गरिएको दावी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका पूर्व कमाण्डर जनरल कासिम सुलेमानीकी भान्जी हमीदेह सुलेमानी अफशार र उनकी छोरीको वैध स्थायी बसोबास (ग्रीन कार्ड) विदेशमन्त्री मार्को रुबियोले खारेज गरेका छन् ।


तर, सुलेमानीकी छोरीले अमेरिकी दाबीलाई असत्य भन्दै पक्राउ परेका व्यक्तिहरूको आफ्नो बाबुसँग ‘कुनै पनि सम्बन्ध नभएको’ बताएकी छन् । सुलेमानी इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्ये एक थिए । उनी सन् २०२० मा इराकमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए । उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो ।

सामाजिक सञ्जालमा लेख्दै रुबियोले ती दुई महिला अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन (आइसीई) को हिरासतमा रहेको र उनीहरूलाई देशबाट निकाल्ने प्रक्रिया चलिरहेको बताएका छन् । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभाग (डीएचएस) का अनुसार, सुलेमानी अफशार सन् २०१५ मा पर्यटक भिसामा अमेरिका प्रवेश गरेकी थिइन् ।



२०१९ मा शरण पाएकी थिइन् र २०२१ मा ग्रीन कार्ड प्राप्त गरेकी थिइन् । सन् २०२५ मा नागरिकता आवेदन दिँदा उनले ग्रीन कार्ड पाएपछि चार पटक इरान गएको खुलासा गरेकी थिइन् । डीएचएसका अनुसार, उनकी छोरी सरिनासादत होसेइनी पनि २०१५ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिइन् । २०१९ मा शरण पाएकी थिइन् र २०२३ मा ग्रीन कार्ड पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...