मुख्य समाचार
इरानले बहराइन र कुवेतको उर्जा केन्द्रमा क्षेप्यास्त्र प्रहार
इरानले बहराइन र कुवेतको उर्जा केन्द्रमा क्षेप्यास्त्र प्रहार

: इरानले बहराइन र कुवेतको उर्जा केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। जसका कारण खाडी मुलुकका महत्त्वपूर्ण ऊर्जा संयन्त्रहरूमा क्षति पुगेको छ।


बीबीसी फारसी सेवाका अनुसार बहराइन र कुवेतका तेल तथा विद्युत् केन्द्रहरूलाई निशाना बनाइएपछि ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

बहराइनको प्रमुख तेल कम्पनी बीएपीसीओ एनर्जीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार इरानी हमलाका कारण कम्पनीको एउटा तेल भण्डारण ट्याङ्कमा भीषण आगलागी भएको थियो । तर अहिले उक्त आगलागीलाई नियन्त्रणमा लिइसकिएको छ।



कम्पनीका अनुसार यस घटनामा मानविय क्षति भने भएको छैन्। हाल प्राविधिक टोलीले हमलाबाट भएको भौतिक र आर्थिक क्षतिको आकलन गरिरहेको छ। बीएपीसीओ बहराइनको ऊर्जा क्षेत्रको मेरुदण्ड मानिन्छ । त्यसैले यस हमलालाई मुलुकको अर्थतन्त्रमाथिको प्रहारका रूपमा हेरिएको छ।

कुवेत सरकारले पनि इरानी ड्रोन हमलाबाट आफ्नो पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरेको छ। दुईवटा ठुला विद्युत् उत्पादन केन्द्रहरू क्षतिग्रस्त भएका छन्। समुद्री पानीलाई पिउनयोग्य बनाउने प्लान्टमा पनि क्षति पुगेको छ। यी सबै प्लान्टहरू हाल पूर्ण रूपमा बन्द गरिएको छ, जसका कारण आपूर्ति व्यवस्था प्रभावित भएको छ।

यसअघि भएका हमलाहरूमा पनि कुवेतको एक सरकारी कार्यालय परिसरमा ठुलो क्षति पुगेको थियो भने कुवेत पेट्रोलियम मन्त्रालयको भवनमा समेत आगलागी भएको समाचारमा उल्लेख छ। खाडी क्षेत्रका ऊर्जा केन्द्रहरूमा भइरहेका यी शृङ्खलाबद्ध हमलाहरूले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...