: सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३२ बर्षीय सुरज खाँणलाइ नियन्त्रणमा लिएको हो ।
पुतलीबजार नगरपालिका–८ निवासी खाँणले नक्कली फेसबुक खातामार्फत एक महिला र उनका आफन्तलाई अश्लिल भिडियो पठाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।
महिलासहित उनका आफन्तलाइ शेयर गराउनका साथै गालीगलौज र धाकधम्की दिएको भन्ने उजुरीका आधारमा युवकलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरिएको हो । खाँणलाई विद्युतीय अपराध ( साइबर क्राइम) कसुरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।