मुख्य समाचार
साउदीबाट फर्किए २५६ जना नेपाली
साउदीबाट फर्किए २५६ जना नेपाली

: मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको इरान–अमेरिका तनावका कारण केही समय प्रभावित बनेको हवाई आवागमन पुनः नियमित बन्दै जाँदा साउदी अरेबियाबाट २५६ जना नेपाली श्रमिकहरू नेपाल एयरलाइन्को RA २४२ उडानमार्फत स्वदेश फर्किएका छन् ।


रियादस्थित नेपाली दूतावासका अनुसार उक्त उडान नियमित तालिकाअनुसार सञ्चालन गरिएको र क्षेत्रीय सुरक्षा परिस्थितिका कारण केही समय उडान व्यवस्थापनमा सावधानी अपनाइए पनि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाइएको छ ।

साथै स्वदेश फर्किने यात्रुहरूमा बिदा मनाउन जाने श्रमिक, करार अवधि सकिएका कामदार तथा व्यक्तिगत कारणले नेपाल फर्किन चाहने नागरिकहरू रहेका छन् । पछिल्लो समय देखिएको तनावका कारण प्रारम्भिक अन्योल भए पनि अहिले यात्रु आवागमन सहज बन्दै समेत गएको जानकारी दिएका छन ।



नेपाल एयरलाइन्स साउदीका लागि कन्ट्री म्यानेजर अन्जु शर्माले केही दिन क्षेत्रीय तनावका कारण उडान व्यवस्थापनमा चुनौती देखिएको, तर अहिले अवस्था सुधार हुँदै गएको बताइन् । नेपाल एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित उडान सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि सेवा अवरुद्ध नहुने गरी तयारी गरिएको बताइन् ।

उनले उडान सहजीकरण गर्न नेपाली दूतावासले गरेको भूमिकाप्रति धन्यवाद समेत व्यक्त गरिन् । नेपाल एयरलाइन्स निगमले यात्रु सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा निरन्तरता दिइरहेको जनाएको छ । आवश्यक परे थप उडान सञ्चालनका लागि पनि तयारी अवस्थामा रहेको बताइन् । इरान र संयुक्त राज्य अमेरिकाबीचको बढ्दो तनावका कारण मध्यपूर्वको हवाई मार्गमा उच्च सतर्कता अपनाइएको थियो, जसले केही समय उडान तालिकामा प्रभाव पारेको थियो । तर पछिल्लो अवस्थाले सुधारको संकेत समेत देखिएको छ ।

यसैबीच, साउदी अरेबियामा रहेका नेपालीहरूलाई दूतावासले सतर्क रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न तथा आवश्यक परे तुरुन्त सम्पर्कमा रहन आग्रह गरेको छ । हाल साउदीमा लगभग ४ लाख संख्यामा नेपाली श्रमिक कार्यरत छन् र नियमित उडान सञ्चालनले उनीहरूमा केही राहत महसुस भएको अनुभव गरिएको छ ।

नेपालबाट दमामका लागि पनि २४७ जना यात्रुहरु साउदी अरबतर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत ती यात्रुहरू काठमाडौँबाट साउदीका विभिन्न गन्तव्यतर्फ उडेका हुन् । उडान तालिका केही समय अनिश्चित बने पनि पछिल्लो समय अवस्था सामान्यतर्फ उन्मुख देखिएपछि आवागमन सहज बन्दै गएको छ ।

साउदी फर्कने यात्रुहरूमा रोजगारीका लागि पुनः फर्किने श्रमिक, नयाँ श्रम स्वीकृति लिएका कामदार तथा बिदा सकेर कार्यस्थल फर्किने नेपालीहरू रहेका छन् । केही समयअघि इरान र संयुक्त राज्य अमेरिका बीचको तनावका कारण मध्यपूर्वको हवाई मार्गमा उच्च सतर्कता अपनाउनुको साथै नेपाल सरकार तथा सम्बन्धित निकायहरूले मध्यपूर्वको अवस्थालाई निरन्तर निगरानी समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम