मुख्य समाचार
नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी
नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी

: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्।


गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्।

उनले आफू बेलायतका अध्ययनका लागि गएको जानकारी दिए। ‘म बेलायतमा अध्ययनका लागि गएको सत्य हो। तर, मेरो बेलायतको पीआर छ भन्ने दाबी गलत हो। यस्तो दाबी गर्नेहरुले वस्तुनिष्ठ तरिकाले उनीहरुले छ भनेको पीआरको रिफरेन्समा कुरा गर्नु भएको भए हुने थियो।’ नवनियु्क्त महान्यायाधिवक्ता डा. कँडेलले अन्नपूर्णसँग भने,‘मसँग अहिले कुनै देशको त्यस्तो भिसासम्म छैन जसका कारणले मैले नेपालको संविधान अनुसार संवैधानिक नियुक्ति लिन अयोग्य होस्। अतः आधार बिना अनुमानका भरमा लेखिएको कुरालाई केही भनिरहनु परेन।’

आइतबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए। कँडेलले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
— बिस्का जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्रीवितरण र ओसारपसामा रोक लगाइएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला पशासन कार्यालयले यस्तो निर्णय गरेको हो । कार्यालयमा आज जात्रासँग सरोकार राख्ने निकायसँगको बैठकले जात्रा अवधिभर मादकपदार्थ बिक्रीवितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो । बिस्का जात्रामा हुलदंगा तथा झैझगडा गरे जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा ...